नेभिगेशन
मुख्य समाचार

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

काठमाडौँ । चर्चित गायक तथा कलाकार प्रकाश सपुत राजनीतिमा सक्रिय भएका छन् । उनले सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँगको फोटो शेयर गर्दै राजनीतिमा सक्रिय भएको जानकारी गराएका हुन् । 

उनले सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनैतिक आस्था र विचारको कदर गर्दै , कसैलाई अपमान र अनादर नगर्ने प्रतिवद्ताद्धता सहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने र सहयोग गर्ने निधो गरेको बताएका छन् । 

CG

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख गरेका छन् । सपुत राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा छन् । 

उनले लेखेको छन् , 

प्रिय  शुभेच्छुक, 
आदरणिय मतदाता, 
आजको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनैतिक व्यवस्था र नयाँ संविधान ल्याउन योगदान दिने सम्पुर्ण शहिद, सबै सबै  राजनैतिक दल र अग्रज नेताहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनैतिक आस्था र विचारको कदर गर्दै , कसैलाई अपमान र अनादर नगर्ने प्रतिवद्दता सहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुनेरसहयोग गर्ने निधो गरेको छु । 
सभापति रवि लामिछाने ज्यू, 
प्रिय बालेन, 
मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर तपाईहरुसंग हातेमालो गर्दैछु । पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ । कुनै एउटा दलमा लागेको भनेर  अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक स्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ । 
म भर्खरै मेला महोत्सव मार्फत् नेपालभरिका लाखौ नेपालीजनहरु माझ प्रत्यक्ष पुगेर फ़र्किएको छु । हामीले सामाजिक सञ्जालमा देखे जस्तो उनीहरु उग्र र उत्तेजित छैनन्, बरु शान्त छन तर, निरास छन् । नेता र निर्वाचन प्रति उनीहरुको विश्वास उडिसकेको छ  । यधपि तपाईहरुको उदय संगै मैले जस्तै अब ‘अन्तिम पटक’ कसैलाई विश्वास गर्दैछन् । मैले देखे उत्साहित छन् तर  ढुक्क  छैनन्  १  थुप्रै प्रश्न र डर सहित केबल आसावादी छन्  । “ जो आए पनि सबै उस्तै हुन “ भन्ने मनोविज्ञान छ । तपाईहरु किन ’सबै उस्तै’ मध्य होईन रु किन फरक हो रु किन आउनुभयो रु बुझाउनु पर्ने छ । राजनितिको आडमा केहि व्यक्ति र शक्तिले बन्धक बनाएको यति सुन्दर व्यवस्थालाई फुकुवा गरेर यो देश, यो व्यवस्था हामी सबैको हो भन्ने अनुभुती गराउनु पर्ने छ । अब विचारको भारी होईन सुधार, विकास र समृद्दिको ज़िम्मेवारी बोक्नु पर्ने छ । कम्तिमा तपाईहरुको नेतृत्वमा यो देशको सुधार हुनेछ र समृद्ध नेपालको  शुरुवात मात्रै भए पनि हुनेछ । र, म त्यो सुधार र समृद्धिको यात्रामा तपाईहरुलाई खबरदारी गर्दै साथी र साँची हुन आएको छु । 
फेरी दोहोर्याउछु, 
अब ‘अन्तिम पटक’ म र म जस्तै आम नेपालीहरुले कुनै व्यक्ति र शक्ति ९दल० लाई  विश्वास गर्दैछन् । मैले मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु ।अब तपाईहरुलाई  निरास बनाउने छुट छैन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...
म दुई दिनको चटक देखाउन आएको हैन, मधेस बुझ्न आएको हुँः गगन थापा

म दुई दिनको चटक देखाउन आएको हैन, मधेस बुझ्न आएको हुँः गगन थापा

नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताए । “अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु...