नेभिगेशन
मुख्य समाचार

राष्ट्रियसभाद्वारा शान्तिपूर्ण वातावरणमा निर्वाचनलाई सम्पन्न गराउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासेले निष्पक्ष निर्वाचनमा जोड दिदै बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका हुन ।

CG

उनले निर्वाचनपछि बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । त्यस्तै राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेकको बिकल्प नरहेको भन्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले संविधानलाई सहि ट्रयाकमा ल्याउन तोकिएको समयमा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

राजनीतिक दललाई दोषको भागी बनाएर जनतामा भ्रमित गर्ने कोसिस भइरहेको भन्दै उहाले आपत्ति जनाएका थिए । त्यस्तै अन्य राष्ट्रियसभा सदस्यहरुले पनि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गरेका थिए भने संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक माघ १४ गते बुधबार बोलाइएको छ ।

 


((

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सहि व्यक्ति नेतृत्वमा पुग्नुपर्ने...
काठमाडौँबाट युवराज सफल पक्राउ

काठमाडौँबाट युवराज सफल पक्राउ

महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट  नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्न दल र उम्मेदवारहरुलाई निर्वाचन आयोगको आग्रह

आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गर्न दल र उम्मेदवारहरुलाई निर्वाचन आयोगको आग्रह

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मंगलबार आयोजित निजी क्षेत्रका छाता संस्थासँगको अन्तरक्रियामा उनले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद...
सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी छः संयोजक दाहाल

सामाजिक सञ्जालमार्फत जनतामा छरिएका भ्रम चिर्न जरुरी छः संयोजक दाहाल

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल (एकता पक्षधर समुह)लाई नेकपामा समाहित गराउदै प्रचण्डले सामाजिक सञ्जालमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै त्यसलाई...