नेभिगेशन
समाज

राष्ट्रियसभाद्वारा शान्तिपूर्ण वातावरणमा निर्वाचनलाई सम्पन्न गराउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउँदै दल तथा उम्मेदवारलाई मत माग्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासेले निष्पक्ष निर्वाचनमा जोड दिदै बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका हुन ।

Ncell
Extreme Energy

उनले निर्वाचनपछि बन्ने सरकारले विकृति र विसङ्गति रोक्ने र बेरोजगारीको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । त्यस्तै राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की अछामीले लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनबाहेकको बिकल्प नरहेको भन्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले संविधानलाई सहि ट्रयाकमा ल्याउन तोकिएको समयमा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

राजनीतिक दललाई दोषको भागी बनाएर जनतामा भ्रमित गर्ने कोसिस भइरहेको भन्दै उहाले आपत्ति जनाएका थिए । त्यस्तै अन्य राष्ट्रियसभा सदस्यहरुले पनि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गरेका थिए भने संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक माघ १४ गते बुधबार बोलाइएको छ ।

 


((

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।