नेभिगेशन
समाज

सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सहि व्यक्ति नेतृत्वमा पुग्नुपर्ने बताएका हुन । उनले यसअघिको निर्वाचनमा पुराना दलहरुले गरेको बिकृति र बिसंगतिलाई अहिले नयाँ भनिएका दलहरुले दोहराएको देख्दा दुख लागेको उल्लेख गरेका थिए ।

Ncell
Extreme Energy

उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर सुशासन कायम गर्न पार्टीका उम्मेद्वारहरुले सुशासनको अभ्यास गर्न सिक्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले देशका बिभिन्न क्षेत्रमा धेरै समस्या रहेको भन्दै त्यसलाई समाधान गर्दै देशलाई समृद्धि तर्फ अघि बढाउन उज्यालो पार्टीर्लाइ जनताले विश्वास गर्ने दावी गरेका थिए । त्यस्तै, कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई घिसिङले उज्यालो नेपाल पार्टीमा प्रवेश गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...