नेभिगेशन
मुख्य समाचार

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताए ।

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,” उनले भने,“हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन गरिरहेको छ ।”

CG

 स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ । “कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,” प्रवक्ता चालिसेले भने, “घोषणापत्रमार्फत हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गरिने छ ।”

उनका अनुसार कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्नेछ । पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको छ । प्रवक्ता चालिसेले पार्टीले चुनाव प्रचारप्रसारलाई मितव्यी र मर्यादित बनाउने बताए । उनले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहितालाई पूर्ण रूपमा पालना गरिने बताए ।

प्रवक्ता चालिसे भने “गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचारसंहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ, प्रचारका दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ । कुनै पनि प्रतिपक्षी उम्मेदवारको व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्ने हाम्रो नीति रहेको छ” ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

सहि व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न नसक्नेः अध्यक्ष घिसिङ

मंगलबार काठमाडौं आयोजित पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्च गठन तथा कार्यकर्ता भेलामा घिसिङले ठूला–ठूला कुरा र नेताहरुको आफ्नै दर्शनले देश बन्न नसकेको भन्दै देश बनाउन सहि व्यक्ति नेतृत्वमा पुग्नुपर्ने...