नेभिगेशन
मुख्य समाचार

समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्नेः मन्त्री इङ्नाम

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री इङ्नामले केहि सहकारीले गैरकानुनी काम गरेर बचतकर्ता र ऋणिहरुलाई समेत समस्यामा पारेको भन्दै समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्ने बताएका हुन ।

CG

समयमा नै सहकारी नियमन गर्ने निकायले वेवास्ता गरेको र राम्रोसंग स्वनियमन हुन नसकेकाले अहिले केहि सहकारीहरु समस्याग्रस्त भएको उनले बताए । उनले स्वनियमको नाममा कानुनहरुको उल्लंघन गरेर सहकारी डुवाउनेहरुमाथि कडा कारवाही हुनुपर्नेमा जोड दिए ।

मन्त्री इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामकारवाहीप्रति पनि असन्तुष्टि जनाए । समस्याग्रस्त समितिको अहिलेको कामले सयौं बर्षसम्म पनि समस्या समाधान नहुने उनको भनाइ छ ।

उनले एकैपल्ट एक हजारभन्दा बढी यस्ता समितिहरू गठन गर्नसकेमात्रै पीडितले छिटो न्याय पाउन सक्ने बताए । गत बर्ष माघ १४ गते स्थापना भएको प्राधिकरणले हालसम्म ५ हजार ३५० सहकारी दर्ता अभिलेखिकरण प्रक्रियामा रहेको जनाएको छ । त्यस्तै प्राप्त भएका उजदुरीहरुलाई अध्ययन र छानविनका साथ समस्या समाधान गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो...
जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली  (तस्बिरहरु)

जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली (तस्बिरहरु)

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ। पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ।
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...
संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।