नेभिगेशन
मुख्य समाचार

संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चूनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।

CG

पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगाएतका बिषयलाई समावेश गरेर घोषणा पत्र सार्वजनिक गरिएको बताए ।

उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजिओ आइएनजिओका मान्छे सरकारमा राखेर चूनाव गराउन खोजिएको आरोप लगाए ।

समयमा नै चूनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरु चूनाव हुने भएपनि आफ्नो फाइदा हेरेर राजीनामा दिदै चूनावमा होमिएको उनले बताए । अध्यक्ष केसीले नेपाल राष्ट्रमाथि, नेपाली जनतामाथि अहिले ठूलो संकट रहेको र देशको राष्ट्रियता नै अप्ठ्यारो स्थितिमा रहेको धारणा व्यक्त गरेका थिए ।

उनले हरेक निर्वाचनबाट मुलुकलाई अप्ठेरोमा पार्ने व्यक्तिहरु नै सत्तामा आउने गरेको भन्दै यसपटक जनताले नै गम्भीर भएर देशका लागि काम गर्ने व्यक्तिलाई मद्दत गरेर सदनमा पठाउन आग्रह गरेका थिए । आफ्नो पार्टी समेत निर्वाचनमा होमिएकाले मत दिन उनले अपील समेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाएका हुन ।
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो...
जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली  (तस्बिरहरु)

जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली (तस्बिरहरु)

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ। पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ।
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...