नेभिगेशन
समाज

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन नेकपा नेता सापकोटाको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रेस सेन्टर नेपालको २२ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरु रहेपनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका हुन ।

Ncell
Extreme Energy

उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापीत गर्नका लागि अहिले पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए । नेता सापकोटाले अहिले वामपन्थीहरूलाई सिद्धयाउने योजना बनिरहेकाले नेपाली कम्युनिस्ट पार्टीलाई थप एकताबद्ध बनाउदै अघि बढाइएको धारणा व्यक्त गरे ।

उनले नेकपाको लोकप्रियता निकै बढ्दै गएको दावी गर्दै अन्य प्रियताबाद एकदिन पानीको फोका झैँ फुट्ने उल्लेख गरे । सापकोटाले कम्युनिष्ट दलहरुप्रति फैलाइएको भ्रमलाई व्यवस्थित ढंगले चिर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...