नेभिगेशन
मुख्य समाचार

राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । 

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न गरी उनी यही माघ २१ गते सोही एयरलाइन्सबाट स्वदेश फर्कने उनले बताए ।  

CG

भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएले भेटवार्ता गर्ने परराष्ट्र सचिव राईले बताए । 

राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन् । भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेसँग शिष्टाचार भेट गर्नेछन् । भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै, जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहनेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइनाको युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइनाको युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज...
ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

स्थानीयका अनुसार खासिलाई गोसाइँकुण्ड र बालकलाई भगवान शिव को प्रतिकको रुपमा लिइन्छ । माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री...
एमालेले फागुनको पहिलो सातामा घोषणापत्र जारी गर्ने

एमालेले फागुनको पहिलो सातामा घोषणापत्र जारी गर्ने

नले राजनीतिक दलहरूका बीचमा नीतिगत संवाद पनि आवश्यक नठान्ने तर आफूलाई नयाँ वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने कुरा उपयुक्त नभएको उल्लेख गरे । कसैले विकल्प दिन चाहन्छ भने...
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा

विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा

सहिद दिवसको अवसरमा आज सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जारी गरेको सन्देशमा रास्वपाले सहिद दिवसले सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन प्रेरणा दिने अपेक्षासमेत व्यक्त गरेको छ । सन्देशमा...

भर्खरै