नेभिगेशन
समाज

विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने उल्लेख गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहिद दिवसको अवसरमा आज सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जारी गरेको सन्देशमा रास्वपाले सहिद दिवसले सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन प्रेरणा दिने अपेक्षासमेत व्यक्त गरेको छ । सन्देशमा सहिदहरूको बलिदान राजनीतिक परिवर्तन मात्र नभई सुशासन, न्याय र समृद्धिसँग जोडिएको उल्लेख गरिएको छ ।  

Ncell
Extreme Energy

सन्देशमार्फत पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दुका रूपमा समेत व्याख्या गरेका छन् । “निरंकुश राणाशासनको अन्त्यसहित नेपालको राजनीतिक आन्दोलन एवं जनअधिकार प्राप्ति र सामाजिक न्यायका लागि भएका संघर्षहरूमा अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुको गहिरो स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं”, सन्देशमा भनिएको छ, “सहिदको बलिदानको वास्तविक सम्मान भनेको राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधन हो ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...