नेभिगेशन
समाज

एमालेले फागुनको पहिलो सातामा घोषणापत्र जारी गर्ने

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार चूनावी प्रचार प्रसार सुरु हुनु अघि फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

घोषणापत्रका बिषयमा पार्टीहरुले बिज्ञहरुसंग छलफल समेत गरिसकेको उनले बताए । त्यस्तै महासचिव पोखरेलले अहिले पुरानो पुस्ता विरुद्ध नयाँ पुस्ता भन्दै मनोवैज्ञानिक खाडल सिर्जना गर्ने कोसिस भइरहेको भन्दै परम्पराविपरीतका त्यस्ता कुराहरुबाट जोगिने र समाजलाई नै बिभाजन गर्ने कोसिस रोक्ने प्रयास एमालेले गर्ने धारणा राखे । 

उनले राजनीतिक दलहरूका बीचमा नीतिगत संवाद पनि आवश्यक नठान्ने तर आफूलाई नयाँ वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने कुरा उपयुक्त नभएको उल्लेख गरे । कसैले विकल्प दिन चाहन्छ भने नीतिगत बहसमा जान सक्नुपर्ने उनकोे भनाइ छ ।

त्यसैगरि पोखरेलले एमाले राष्ट्रिय रुपमा तालमेलको पक्षमा नरहेको भन्दै स्थानीय तहका खास कुनै ठाँउमा स्थानीय कमिटीले आवश्यक ठानेको अवस्थामा तालमेल हुनसक्ने बताए । 

उनले अहिले बालेनको पछि देखिएको भीडका आधारमा चूनावी विश्लेषण गर्न उचित नहुने तर्क गरे । अब झापामा दोस्रो पटक बालेन जाँदाखेरि त्यही भीड देखिन्छ कि देखिँदैन भन्ने अनुमान गर्न सुझाव समेत दिनुभयो । पोखरेलले अहिले शहरी क्षेत्रमा रास्वपा प्रतिस्पर्धामा नै नरहेको विश्लेषण आइरहेको र ग्रामीण क्षेत्रमा देखिएको प्रभाव समेत चुनाव जित्ने तहसम्मको नभएको दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...