नेभिगेशन
मुख्य समाचार

एमालेले फागुनको पहिलो सातामा घोषणापत्र जारी गर्ने

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन् । 

प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार चूनावी प्रचार प्रसार सुरु हुनु अघि फाल्गुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका हुन् । 

CG

घोषणापत्रका बिषयमा पार्टीहरुले बिज्ञहरुसंग छलफल समेत गरिसकेको उनले बताए । त्यस्तै महासचिव पोखरेलले अहिले पुरानो पुस्ता विरुद्ध नयाँ पुस्ता भन्दै मनोवैज्ञानिक खाडल सिर्जना गर्ने कोसिस भइरहेको भन्दै परम्पराविपरीतका त्यस्ता कुराहरुबाट जोगिने र समाजलाई नै बिभाजन गर्ने कोसिस रोक्ने प्रयास एमालेले गर्ने धारणा राखे । 

उनले राजनीतिक दलहरूका बीचमा नीतिगत संवाद पनि आवश्यक नठान्ने तर आफूलाई नयाँ वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने कुरा उपयुक्त नभएको उल्लेख गरे । कसैले विकल्प दिन चाहन्छ भने नीतिगत बहसमा जान सक्नुपर्ने उनकोे भनाइ छ ।

त्यसैगरि पोखरेलले एमाले राष्ट्रिय रुपमा तालमेलको पक्षमा नरहेको भन्दै स्थानीय तहका खास कुनै ठाँउमा स्थानीय कमिटीले आवश्यक ठानेको अवस्थामा तालमेल हुनसक्ने बताए । 

उनले अहिले बालेनको पछि देखिएको भीडका आधारमा चूनावी विश्लेषण गर्न उचित नहुने तर्क गरे । अब झापामा दोस्रो पटक बालेन जाँदाखेरि त्यही भीड देखिन्छ कि देखिँदैन भन्ने अनुमान गर्न सुझाव समेत दिनुभयो । पोखरेलले अहिले शहरी क्षेत्रमा रास्वपा प्रतिस्पर्धामा नै नरहेको विश्लेषण आइरहेको र ग्रामीण क्षेत्रमा देखिएको प्रभाव समेत चुनाव जित्ने तहसम्मको नभएको दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कम्युनिष्ट एकताबाट प्रचण्ड भागिरहेको विप्लवको आरोप

कम्युनिष्ट एकताबाट प्रचण्ड भागिरहेको विप्लवको आरोप

उनले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य बिचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका केहि नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी)...
सुदूरपश्चिमको भ्रमण सकेर कर्णालीको कालिकोट पुगे बालेन

सुदूरपश्चिमको भ्रमण सकेर कर्णालीको कालिकोट पुगे बालेन

यसअघि बालेनले सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी लगायत ९ जिल्लाको राजनीतिक भ्रमण गरेका हुन् । हरेक जिल्लामा उनको स्वागतका लागि समर्थकहरुको भिड लाग्ने गरेको थियो...
नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइनाको युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइनाको युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज...
ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

स्थानीयका अनुसार खासिलाई गोसाइँकुण्ड र बालकलाई भगवान शिव को प्रतिकको रुपमा लिइन्छ । माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री...