नेभिगेशन
मुख्य समाचार

कम्युनिष्ट एकताबाट प्रचण्ड भागिरहेको विप्लवको आरोप

काठमाडौँ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट एकताबाट आफुहरु नभइ प्रचण्ड भागिरहेको आरोप लगाएको छन् । 

शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर प्रचण्ड लगाएतका केही नेताहरुले गम्भीर त्रुटि गरिरहेको समेत बताए । माओवादी बिचारलाई भत्काएर एउटा सिट जित्नका लागि बिरोधीहरुसँग घाँटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए । 

CG

प्रचण्डले एकताका लागि केहिदिन अघि गरेको आह्वानमा विप्लवले बिचलनकारीहरुले एकताको अपील गरेको नसुहाउने धारणा राखे । उनले जनतासँग सम्पुर्ण रुपमा जोडिएको शक्तिले मात्रै एकताको अपिल गर्न सुहाउने तर्क गरे । 

माओवादी आन्दोलनलाई बिर्सजन गर्ने प्रकारको कुनै पनि एकतामा आफुहरु सहभागी नहुने उनले स्पष्ट पारे । 

उनले पार्टीले उठाएका एजेण्डाका साथै सत्यतथ्य बिचारका साथ जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाका केहि नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी) मा समाहित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

राष्ट्रिय सहिद दिवसका अवसरमा शुक्रवार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज...
गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गरिसकेको छ ।
राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन ।