नेभिगेशन
समाज

प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिले शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केही शक्तिहरू निर्वाचनलाई गलत ढङ्गले प्रभावित पार्ने कोसिसमा रहेको भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दाबी गरेका हुन ।

Ncell
Extreme Energy

प्रत्यक्षतर्फ पार्टी पहिलो हुने अवस्था देखिएपनि समानुपातिकमा भने नेकपा पहिलो हुने सम्भावना कम रहेको उनको भनाइ छ । प्रचण्डले पार्टी पङ्तीले अलि मेहनत गरे प्रत्यक्ष र समानुपातिक जोड्दा एक नम्बर पार्टी बन्ने सम्भावना रहेको धारणा व्यक्त गरेका थिए ।

उनले निर्वाचनका बारेका यसअघि धेरै प्रश्न उठेपनि नेकपाले निर्वाचनमा जोड दिएको र देश निर्वाचनमय भएको बताए । प्रचण्डले जेनजी आन्दोलनपछि मुलुक असाधारण जटिल परिस्थितिबाट गुज्रिएकाले राष्ट्रलाई एकताबद्ध गर्ने र आन्दोलनलाई एउटा नयाँ उचाइ दिनका लागि आफुले रुकुम पूर्वलाई चयन गरेको उल्लेख गरे ।

उनले सहिदहरूका सपना, क्रान्तिकारीहरूका सपनालाई पुरा गर्न समुदायमा आधारित समाजवादको मोडेल खडा गर्ने प्रतिवद्धता जनाए । रुकुम पूर्व नेपाली क्रान्तिको, जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका भएकाले आफ्ना लागि खास क्षेत्र रहेको उनको भनाइ छ ।

केहि पार्टीले संसद पुर्नःस्थापनाका कुरा गरिरहेको देखिपनि निर्वाचन बाहेक अबको विकल्प नरहेको संयोजक दाहालले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...