नेभिगेशन
समाज

प्राइभेट जेटमा पोखरा ओर्लिए बेलायती राजनीतिज्ञ, खर्बपति एवम् ख्यातिप्राप्त परोपकारी लर्ड एशक्रफ्ट

काठमाडौँ । अन्तराष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेर चिन्तित पोखराको पर्यटनमा नयाँ आशा पलाएको छ । बिहीबार बिहान पोखरा अन्तराष्ट्रिय विमानस्थलमा एक निजी विमान (प्राइभेट जेट) ल्याण्ड भयो । पोखरा विमानस्थल स्रोतकाअनुसार सो जहाज बेलायतबाट माल्टा र सिंगापुर हुँदै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आएर ल्याण्ड भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो जहाजका यात्रु थिए बेलायती राजनीतिज्ञ, व्यवसायी एवम् खर्बपति तथा परोपकारी लर्ड एशक्रफ्ट ।  उनी कन्जरभेटिभ पार्टीका पूर्वउपाध्यक्ष तथा कोषाध्यक्षसमेत समेत हुुन् । उनको नाम अन्तर्राष्ट्रिय व्यवसायी, ख्यातिप्राप्त समाजसेवी, लेखक तथा जनमत सर्वेक्षकका रुपमा पनि चर्चित छ । एशक्रफ्ट सवार निजी जहाज बिहिबार पोखरा आएको र  आइतबार गन्तब्यतर्फ फर्कने कार्यसूची रहेको पोखरा विमानस्थल कार्यालय स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

Lord-Ashcroft-Plane-1769785710.jpg
पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सिधाकुरासँग कुरा गर्दै पोखरा विमानस्थलमा निजी जेट विमान बिहीबार बिहान ल्याण्ड भएको बताए ।  जहाजमा को रहेको नखुलेपनि निजी जहाजमा प्रभावशाली व्यक्तिहरु नै आउने र यसले पोखरा विमानस्थल र पर्यटनका लागि नयाँ आशा जगाएको निरौलाको भनाई छ । ‘हिजो बिहान जहाज आएको हो । आइतबारसम्म रहने जानकारी विमानस्थलाई दिइएको छ । जहाजमा को थिए भन्ने हामीलाई जानकारी हुुँदैन,’ महाप्रबन्धक निरौलाले सिधाकुरासँग भने ।

Lord-Ashcroft-1769785730.jpg
सिधाकुराले विभिन्न स्रोतहरुबाट गरेको खोजीमा सो जहाजमा लर्ड एशक्रफ्ट सवार रहेको फेला परेको थियो । लर्ड एशक्रफ्ट स्वयंले आज बिहान आफ्नो एक्स एकाउण्टमा नेपालबाट शुभप्रभात भन्दै पहाडको छितिजसँग जोडिएको माछापुच्छ्रे हिमालको फोटो समेत  पोष्ट गरेका छन् । लर्ड एशक्रफ्ट सन् २००० मा बेलायतको हाउस अफ लर्डसका आजीवन सदस्य (लाइफ पियर) बनेका थिए । उनले सन् २०१५ मा हाउस अफ लर्डस् राजीनामा दिएर व्यवसाय, लेखन र परोपकारी काममा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । 

Screenshot-2026-01-30-205542-1769785863.jpg
सन् २०१२ मा उनी प्रिभी काउन्सिलका सदस्य नियुक्त भएका थिए । यो बेलायती सरकार र सम्राटका लागि उच्चस्तरीय सल्लाह दिने सल्लाहकार समूह हो । राजनीतिक रूपमा उनी कन्जरभेटिभ पार्टीको चुनावी रणनीति, कोष संकलन र लक्षित निर्वाचन क्षेत्रमा प्रभावकारी अभियान सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका व्यक्ति मानिन्छन् । 

उनले बेलायती प्रधानमन्त्रीका लागि भूतपूर्व सैनिकहरूको नागरिक जीवनमा पुनःस्थापनासम्बन्धी विशेष प्रतिनिधिका रूपमा पनि काम गरेका थिए । व्यवसायिक क्षेत्रमा लर्ड एशक्रफ्टले सन् १९०७० को दशकदेखि नै अन्तर्राष्ट्रिय पहिचान बनाएका हुन् ।

सुरक्षा सेवा, वित्तीय सेवा, जनशक्ति व्यवस्थापन र प्रविधि क्षेत्रका कम्पनीहरूमा उनको लगानी र नेतृत्व रहेको छ । उनले हाउली ग्रुुपलाई विस्तार गर्दै एडीटी जस्तो ठूलो सुरक्षा कम्पनीलाई अरबौँ डलरमा बिक्री गरेका थिए । हाल उनी वाटरलु इन्भेस्टमेन्ट होल्डिङ्स, इम्पेलाम ग्रुप लगायतका कम्पनीहरूसँग आबद्ध छन्।

लर्ड एशक्रफ्ट जनमत सर्वेक्षणका क्षेत्रमा पनि प्रभावशाली नाम हो । उनले स्थापना गरेको ‘लर्ड एशक्रफ्ट पोल्स’ मार्फत बेलायतसहित विभिन्न देशका चुनाव, मतदाताको धारणा, राजनीतिक नेतृत्व र नीतिगत विषयमा नियमित सर्वेक्षण सार्वजनिक हुँदै आएका छन्।

उनका सर्वेक्षणहरू नीति निर्माण र राजनीतिक विश्लेषणमा व्यापक रूपमा उद्धृत हुने गर्छन्। समाजसेवामा समेत उनको योगदान उल्लेखनीय छ । उनी बेलायतको चर्चित अपराध सूचना संस्था क्राइम स्टपर्सका संस्थापक हुन् । जसले नागरिकलाई अपराधसम्बन्धी सूचना गोप्य रूपमा दिन सक्षम बनाएको मानिन्छ ।

शिक्षा, बालअधिकार, अपराध नियन्त्रण, पूर्व सैनिकको कल्याण तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा उनले करोडौँ पाउन्ड सहयोग गरेका छन् । एशक्रफ्ट समाज सेवा र दानका लागि प्रख्यात ‘द गिभिङ प्लेज’ मा हस्ताक्षर गर्ने दानी व्यक्तिहरूमध्ये एक हुन्।

सैन्य इतिहासप्रति विशेष रुचि राख्ने लर्ड एशक्रफ्टसँग विश्वकै सबैभन्दा ठूलो भिक्टोरिया क्रस पदक संग्रह रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै, आठ किलोमिटर सडक स्तरोन्नति गरिने

हेटौँडास्थित सडक डिभिजन कार्यालयले वीरगञ्जका मुख्य सडक विस्तार तथा स्तरोन्नति गर्ने भएको छ।

भर्खरै