नेभिगेशन
समाज

खगेन्द्र सुनारको अभिव्यक्तिमा रास्वपाको ध्याकर्षण, अभिव्यक्ति र व्यवहारमा संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले खगेन्द्र सुनारका सम्बन्धमा व्यक्त आमचासोप्रति गम्भीर ध्यानार्कषण भएको जनाएको छ । पार्टीले सुनारलाई आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको हो । सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसेको समेत जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको छ। उहाँले सार्वजनिक रूपमै आफू ‘शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेकोू प्रष्ट पारिसक्नुभएको छ। सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मलोचना समेत गर्नुभएको छ।’ 

Ncell
Extreme Energy

त्यस्तै पर्टीले आधिकारिक निर्देशन दिदै भनेको छ, ‘पार्टीले उम्मेदवार सुनारलाई सोसम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको छ। उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतिकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त छ।’ 

विज्ञप्तीमा रास्वपा सधैं विधिको शासन, सामाजिक न्याय, धर्मिक तथा सामाजिक सदभाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहने उल्लेख छ । 

67dc8859-f608-464c-b483-65ee6dccb478-1769788510.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...