नेभिगेशन
समाज

विप्लव नेतृत्वको नेकपाद्वारा चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा(माओवादी)ले संविधानको पूनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति लगाएतका एजेण्डासहितको २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा(माओवादी)ले चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । नेकपा(माओवादी) को प्रतिबद्धता पत्रमा प्रतिनिधि सभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाइने, न्याय प्रणालीमा आमूल परिवर्तन गरिने, संघीयता उत्पीडित जाति र क्षेत्रलाई पहिचान र अग्राधिकार सहितको समाजवादी संघीयताको नीति लिइने जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै राज्य र निजी क्षेत्रको साझेदारीमा अगाडि बढ्ने नीति लिइने, उधोग र व्यापार अर्थन्त्रलाई नेपालका संमृद्धिका आधार बनाइने, शिक्षा, स्वास्थ्य, रोजगारी लगाएतमा नागरिकको पहुँच बढाइने सो पार्टीको नीति छ । पत्रकार सम्मेलनमा नेकपा(माओवादी)मा महासचिव नेत्रविक्रम चन्द विप्लवले लगातार संघर्ष र क्रान्तिपछि जनताले चाहेजस्तो राज्य निर्माण हुन नसकेको बताए ।

अग्राधिकारसहितको समाजवादी संघीय ढाँचाको राज्य हुनुपर्नेमा आफुहरुको जोड रहेको उनले बताए । विप्लवले राज्यले रोजगारीको क्षेत्रमा शुन्य प्रयत्न गरेकाले युवाहरुमा निराशा देखिएको र युवाहरुलाई बैदेशिक रोजगारीमा ढकेल्ने नीति राज्यको देखिएको आरोप लगाए ।
उनले कम्युनिष्टहरुसंग अहिले एकता गर्न नसकिने भन्दै मोर्चा बनाएर चूनावमा होमिने प्रस्ताव एमाले, नेकपा लगाएतसंग गरेपनि उनीहरुले अस्वीकार गरेको बताए ।

नेकपा(माओवादी) को चुनावी प्रतिबद्धता पत्रमा नेपाल राज्यलाई एकीकृत र समृद्ध बनाउन अग्राधिकारसहितको समाजवादी सङ्घीय राज्यमा पुनर्संरचना गर्नुपर्ने, मजदुर, किसान, श्रमजीवी, मध्यमवर्ग, बुद्धिजीवी वर्गलाई राजनीतिक  रूपले  अधिकार सम्पन्न गराउने लगाएत समेत उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...