नेभिगेशन
समाज

संघीयताको मर्म र भावना अनुसार सरकारले काम गर्न सकेको छैन्ः नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयताको मर्म र भावना अनुसार संघीय सरकारले काम गर्न नसकेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको बताएका हुन । अहिले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देएिको उनले बताए ।

Ncell
Extreme Energy

संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको धारणा व्यक्त गरे । सिटौलाले कतिपय ठाँउमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको उल्लेख गरे ।

उनले संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधि सभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए । बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...