नेभिगेशन
समाज

निर्वाचनका लागि सरकारले अहिलेसम्म विश्वासिलो वातावरण बनाउन नसकेको एमालेको आरोप

काठमाडौँ । नेकपा एमालेले निर्वाचनका लागि सरकारले अहिलेसम्म भरपर्दो र विश्वासिलो वातावरण बनाउन नसकेको आरोप लगाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनका सन्दर्भमा बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले देशका बिभिन्न जेल तथा सुधार गृहबाट भागेका कैदीबन्दी फरार रहेको, हजारौ हातहतियार बाहिरै रहेको र राजधानीमा नै संगठित लुटपाट र चोरीका घटनाहरुमा बृद्धि भइरहेकाले शान्ति सुरक्षामा गम्भिर प्रश्न उठेको जनाएको हो । निर्भिकतापूर्वक मतदानको वातावरण बनाउन पार्टीले सुरुदेखि नै सरकारको ध्यानाकर्षण गराएपनि सरकारले गम्भीरतापूर्वक नलिएको एमालेको भनाइ छ ।

Ncell
Extreme Energy

एमालेले बिभिन्न घटनाको शीघ्र छानविन गरि दोषिलाई कानूनी दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न माग गरेको छ । त्यस्तै एमालेले दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा बादलले सबै दलहरु निर्वाचनको तयारीमा लागेका बेला सुरक्षाको प्रत्याभूत हुन नसकेको बताए । उनले मौसम र हिमपातलाई बहाना बनाउदै २१ फागुनको चुनाव सार्ने बहाना खोजिरहेको देखिएको बताए । उपाध्यक्ष थापाले देशलाई अघि बढाउन केहि निर्वाचन क्षेत्रमा सहकार्य हुन सक्ने भन्दै यसबारे अन्य दलसँग छलफल भइरहेको जानकारी दिए । 

उनले वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्दा पनि षडयन्त्रकारी ढङ्गले सत्ता लम्ब्याउने बाटोमा अघि बढ्न खोजेको आरोप समेत लगाए । न्यायलयलाई समेत आफ्नो छाँयामा पारेर शक्ति सन्तुलन बिगार्ने प्रयास हुन खोजेको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...