नेभिगेशन
समाज

जापानको औपचारिक भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फकिएका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

Ncell
Extreme Energy

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएका थिए । उनले सो समारोहलाई सम्बोधन गरेका थिए ।

त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए । उनीसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरुको कार्यक्रमलाई पनि उनले सम्बोधन गरेका थिए ।

उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरेका थिए । नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।