नेभिगेशन
समाज

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

काठमाडौं । धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै रास्वपा उपसभापति, निवर्तमान सांसद एवम् तनहुँ एकका रास्वपा उम्मेदवार डा.स्वर्णिम वाग्लेले साइबर ब्यूरोमा निवेदन दिएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भ्रम सिर्जना गर्ने, धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले फैलाइएको भन्दै उनले बिहीबार नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका हुन् । 

Ncell
Extreme Energy

अनलाइनमार्फत ब्युरोमा दिएको उजुरीमा डा.वाग्लेले बागमती प्रदेशका सांसद लक्ष्मी घिमिरे र अर्का व्यक्ति मोहन लामा रुम्बा लगायत व्यक्तिहरूले आफूविरुद्ध फैलाइएका सामग्रीलाई सामाजिक सञ्जालमा सेयर तथा प्रवर्द्धन गरेको दाबी गरेका छन्। ती सामग्री हटाई दोषीमाथि छानबिन र आवश्यक कारबाही गर्न उनले साइबर ब्युरोसँग आग्रह गरेका छन्।

WAGLE-FOR-SITE-2.png-1770271012.jpg
 

डा वाग्लेले उजुरीमा पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो धर्म, आस्था र व्यक्तिगत विचारलाई तोडमोड गरी प्रस्तुत गरिएको उल्लेख गरेका छन्। ती सामग्रीहरूले समाजमा नकारात्मक धारणा फैलाउने तथा द्वेष र उत्तेजना सिर्जना गर्ने काम गरिरहेको उनको भनाइ छ ।

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन् ‘यसले आफ्नो व्यक्तिगत प्रतिष्ठामा क्षति पुगेको र सामाजिक सद्भाव र सहअस्तित्वको मूल्यमा समेत आघात पुर्याएको छ ।’

राजनीतिक उद्देश्यका लागि गलत सूचना र फेक सामग्री प्रयोग गरी जनमतलाई प्रभावित गर्ने प्रयास भएको भन्दै उनले यसलाई गम्भीर आपराधिक कार्यका रूपमा लिन आग्रह गरेका छन्।

उनले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार यस्तो कार्य दण्डनीय अपराध हुने उल्लेख गर्दै उनले सम्बन्धित व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्। उजुरीमा कम्प्युटर, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सूचना फैलाइएकोले दोषीलाई कानुनअनुसार सजाय हुनुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...