नेभिगेशन
समाज

चितवन पुगे रास्वपा सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । बिहीबार चितवन क्षेत्र नम्बर २ का मतदाता तथा आफ्ना शुभेच्छुकसंग भेटघाटका लागि पार्टी सभापति लामिछाने चितवन पुगेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार रास्वपा सभापति लामिछाने चितवन आउने खबर पाएका उनका समर्थक तथा शुभेच्छुकहरू भरतपुर विमानस्थल सम्म स्वागतका लागि पुगेका थिए ।

Ncell
Extreme Energy

विशेष गरेर चितवन २ का मतदाता र पार्टीका शुभेच्छुकसँग लामिछानेले आफ्नै निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा केही समस्या भएकाले सावधानी अपनाउन चिकित्सकको सुझावलाई ख्याल गर्दै लामिछानेले पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुसं आफ्नै निवासमा भेटघाट गर्ने जनाइएको छ ।

दिउँसो विमानस्थल पुगेका रास्वपा सभापति लामिछाने घण्टी बजाउँदै विमानस्थलबाट बाहिरिएका थिए । उनी चितवन पुगे लगतै उनका समर्थक र शुभेच्छुकको निकै भिडभाड बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...