नेभिगेशन
समाज

कांग्रेसले आसन्न निर्वाचनपूर्व कुनैपनि दलसँग तालमेल नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न निर्वाचन पूर्व कुनैपनि दलसंग तालमेल नगर्ने स्पष्ट पारेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनावपूर्व कसैसँग तालमेल नहुने स्पष्ट पारेका हुन् । 

Ncell
Extreme Energy

उनले एक्लै निर्वाचन लड्नका लागि पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताए । यसअघि गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गरेकाले चुनावपूर्वको गठबन्धनमा कांग्रेसको जोड नहुने उनको भनाइ छ ।

प्रवक्ता चालिसेले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराए  । यस्ता कामलाई सवै मिलेर निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । प्रवक्ता चालिसेले निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु भएपछि कांग्रेसका सवै नेताहरुको साथ प्राप्त हुने धारणा राखे । 

त्यस्तै प्रवक्ता चालिसेले फागुन २१ गते नै निर्वाचन हुन्छ भन्ने मान्यतामा कांग्रेस अघि बढेकाले निर्वाचन सार्ने अवस्था नदेखिएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...