नेभिगेशन
समाज

आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने प्रधानमन्त्रीको कार्कीको स्पष्टोक्ति

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने स्पष्ट पारेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार भक्तपुरस्थीत जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेर मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते देशभर एकैचरणमा निर्वाचन हुने स्पष्ट पारेकी हुन । तोकिएको मितिमा निर्वाचन गरेर मतपरिणाम आएपनि आफ्नो जिम्मेवारी पुरा गरेर आफु घर फर्किने उनले बताइन ।

Ncell
Extreme Energy

उनले फागुन २१ गते देशभरको मौसम राम्रो हुने विश्वास व्यक्त गरिन । प्रधामन्त्री कार्कीले मतपत्र छपाइको काम हेर्दा निकै उत्साह लागेको धारणा राखेकी थिइन । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र अव जनताले छाप मात्रै लगाउन बाँकी रहेको बताइन । त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा हरहालतमा निर्वाचन हुने र सवै तयारी सकारात्मक ढंगले अघि बढेको बताए ।

निर्वाचनका लागि कुनै सुरक्षा चूनौति नरहेको उनले बताए । त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको र निर्वाचन आचारसंहीता उलंघनमा कडाई गरिएको जानकारी दिए । तोकिएको समयमा निर्वाचन गर्न सरकार संवेदनशील देखिएको र आयोग पनि निर्वाचन गर्न दृढ रहेको उनको भनाइ छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगले जानकारी दिएको छ । त्यस्तै आयोगले समानुपातीकतर्फको मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएको समेत उल्लेख गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको  शिष्टाचार भेट

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ...
दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम अस्वीकृत गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता, तीन दिने भ्रमणमा के के गरे ?

नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न...
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...