नेभिगेशन
समाज

डा.स्वर्णिम वाग्लेविरुद्ध योजनावद्ध धार्मिक दुुष्प्रचार, २ दिनमा १३५ पटक विकिपिडिया एडिट

काठमाडौँ । निर्वाचन जित्नको लागि लडिन्छ । त्यसको लागि उम्मेदवारहरुले मतदाताको मन जित्नुपर्ने हुन्छ । जित्नको लागि कि आफूले धेरै भोट ल्याउनुपर्छ कि अर्काको भोट घटाउनुपर्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, यो निर्वाचनमा आफ्नो भोट बढाउने भन्दा अर्काको भोट घटाउनेतर्फ धेरै ध्यान केन्द्रित हुन थालेको पाइएको छ । 

Everest cinsult

सामाजिक सञ्जालमार्फत भ्रामक सामग्रीहरु फैलाएर उम्मेदवारहको चरित्र हत्या गर्ने, मानमर्दन गर्ने र धार्मिक अनास्था फैलाउने जस्ता अनेक हतकण्डाहरु सुरु हुन थालका छन् । त्यसैको शिकार भएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा तनहुँ १ का रास्वपा उम्मेदवार डा.स्वर्णिम वाग्ले । 

केही दिनअघि डा वाग्लेले पहेँलो बस्त्र लगाएर मन्दिरका पुजारीसँग बसेको फोटो पोस्ट गरेका थिए । त्यही फोटो सेयर गर्दै बागमति प्रदशको सांसद लक्ष्मी घिमिरेले विकिपिडियाको स्क्रिनसट राख्दै फेसबुकमा लेखिन्, ‘क्रिश्चियन धर्म मान्नेलाई पनि चुनावको बेला हिन्दुकै शरण पर्नुपर्ने रहेछ । जागो जनता, सधैँ भ्रममा नपरौँ ।’

त्यस्तै मोहन लामा रुम्बा नाम गरेको फेसबुक युजरबाट पनि विकिपिडियाको स्क्रिनसट राखेर लेखिएको छ, ‘लौ लौ छिटो छिटो यो विकिपिडियामा इडिट गरेर धर्मको महलमा श्रीश्रीश्री १०००८ स्वामी स्वर्णिमेस्वर महाराज, घण्टेश्वर पिठाधिस भनेर मिलाई हाल्नुस्’

यी दुबैले शेयर गरेको विकिपिडियाको स्क्रिनसटमा डा. स्वर्णिम वाग्लेको धर्म क्रिस्चियन लेखिएको छ । अहिले सामाजिक सञ्जालमा स्वर्णिम वाग्ले क्रिस्चियन भएको भन्दै चर्को प्रचार गरिएको छ । 

यो सबै हतकण्डाको उद्देश्य पहिलो त वाग्ले हिन्दु धर्मलाई हेला गर्छन भन्ने भाष्य बनाउने । यसो गर्न सकिएन भने ईसाई धर्मलाई हेला गर्छन भन्ने भाष्य सृजना गराउनुु हो । र खासमा भन्ने हो भने धर्मका नाममा वाग्लेलाई दुुवै धर्मका मान्छेसँग विवादमा फसाउनु हो । 

सञ्जालभरी डा. वाग्लेविरुद्ध हेटस्पिच फैलिएको देखेर के रहेछ भनेर हामीले पनि विकिपिडियामा उनलाई सर्च गर्यौँ । हामीले हर्दा त्यहाँ खासै फरक पाएनौँ । तर जब हिस्ट्री हेर्यौँ त्यसले हामीलाई पनि अचम्मित बनायो । डा. वाग्लेको विकिपिडियाको विवरण १ सय ३५ पटक एडिट गरिएको रहेछ । त्यो पनि पछिल्लो २ दिनमा ।

फेब्रुअरी ३ मा उक्त प्रोफाइल तीन पटक इडिट भएको छ । ४ मा १३१ पटक र यो समाचार तयार पार्दासम्म फेब्रुअरी ५ मा १ पटक इडिट भएको छ । 

फेब्रुअरी ३ को अपरान्ह ४ः३९ मा भएको पहिलो इडिटमा डा वाग्लेले नेपालमा क्रिस्चियानिटी फैलाइरहेको लेखिएको छ । थपिएको वाक्यमा लेखिएको छ, He is curently serves as a leader of a party promoting Christianity in Nepal. अर्थात ‘उनी हाल नेपालमा क्रिश्चियन धर्मको प्रवद्र्धन गर्ने पार्टीको नेताको रूपमा कार्यरत छन् ।’ 

त्यस्तै ४ फेब्रुअरीको बिहान ०१ः४४ बजे भएको संसोधनमा Dr. Swarnim Wagle''' is a Nepali politician and Paster. लेखिएको छ । सोही मितिमा ३ः५२ मा फेरि उनको प्रोफाइल संसोधन गरेर रिलिजन अर्थात धर्म क्रिस्चियानिटी लेखिएको छ । 

४ः२४ मा फेरि संसोधन गरेर He is working as member of barbara foundation and mission for church establishment in Republic of Nepal. अर्थात उनी नेपालमा बारबरा फाउन्डेसन र चर्च स्थापनाको लागि मिसनको सदस्यको रूपमा काम गर्दै छन् । 

यी त केही उदाहरण मात्रै हुन् । फेब्रुअरी ४ को राति १ः४४ देखि सुरु भएको इडिट लगातार चलिरहेको थियो । मिनेट मिनेटमा कहिले स्वर्णिम वाग्लेलाई पास्टर लेखिएको छ, कहिले क्रिस्चियन लेखिएको छ, कहिले मुस्लिम लेखिएको छ, कहिले उनको श्रीमति भियतनामकी क्रिस्चियन रहेको भनेर लेखिएको छ । 

विकिपिडिया एउटा यस्तो अनलाइन पोर्टल हो जहाँ हरेक क्षेत्रका चर्चित व्यक्तिहरुको विवरण भेटिन्छ । त्यहाँ उनीहरुको पढाई, करिअर, पेशा,  व्यवसायदेखि सम्पूर्ण विवरणहरु देखिन्छ । यद्यपी यो ति व्यक्ति आफैँले भने लेखेका हुँदैनन् । विश्वभरका स्वयंसेवकहरूले सामग्री लेख्ने, सम्पादन गर्ने र अद्यावधिक गर्ने गर्छन् । 

विकिपिडियाको मुख्य विशेषता भनेको यसमा प्रकाशित सामग्री सबैका लागि खुला, निःशुल्क र सम्पादनयोग्य हुनु हो । यहाँ प्रकाशित लेखहरू व्यक्ति, स्थान, इतिहास, राजनीति, विज्ञान, संस्कृति, अर्थतन्त्रलगायत विविध विषयसँग सम्बन्धित हुन्छन्। यद्यपि, विकिपिडिया कुनै समाचार पोर्टल वा ब्लग होइन। यसमा लेखिने सबै सामग्री तथ्यमा आधारित, तटस्थ र विश्वसनीय हुन्छन भन्ने हुँदैन । 

यहाँ लेख्दा व्यक्तिगत धारणा, प्रचार–प्रसार, अफवाह वा अप्रमाणित सूचना लेख्न नपाइने उल्लेख छ ।

यसमा कुनै लेख लेख्न र एडिट गर्न एउटा सामान्य विकिपिडिया अकाउन्ट बनाएर त्यसमा लग इन गरी इडिट गर्न सकिन्छ । तर अनिवार्य रुपमा एडिट गर्न चाहेको विवरणको स्रोत भने अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । अहिले यही प्रविधिको दुरुपयोग गरी डा. वाग्ले विरुद्ध अनर्गल प्रचार गरिएको छ । 

डा. वाग्लेले आफूविरुद्ध अनर्गल प्रचार गर्ने विरुद्ध साइबर ब्यूरोमा उजुरी पनि दिइसकेका छन् । सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भ्रम सिर्जना गर्ने, धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले फैलाइएको भन्दै उनले बिहीबार नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका हुन । 

अनलाइनमार्फत ब्युरोमा दिएको उजुरीमा डा.वाग्लेले बागमती प्रदेशका सांसद लक्ष्मी घिमिरे र अर्का व्यक्ति मोहन लामा रुम्बा लगायत व्यक्तिहरूले आफूविरुद्ध फैलाइएका सामग्रीलाई सामाजिक सञ्जालमा सेयर तथा प्रवद्र्धन गरेको दाबी गरेका छन् । ति सामग्री हटाई दोषीमाथि छानबिन र आवश्यक कारबाही गर्न उनले साइबर ब्युरोसँग आग्रह गरेका छन् । 

डा‍ वाग्लेले आफू हिन्दु र बौद्ध धर्मका मूल्यमान्यता तथा विविधतामा आधारित नेपाली समाजको आपसी सम्मान र सहिष्णुतामा विश्वास गर्ने व्यक्ति भएको पनि स्पष्ट पारेका छन् । 

केही दिनअघि उनले ‘हिन्दु हो भने रास्वपा नबसे हुन्छ’ भन्ने अभिव्यक्ति दिएको भनेर उनको निर्वाचन क्षेत्रमा ब्यापक बनाइएको थियो । सोबारे उनले यसअघि नै स्पष्ट पारिसकेका छन् । उनले आफूले त्यस्तो वाक्य बोलेको श्रब्य दृश्य ल्याउनुस् राजनीति छोड्दिन्छु भनेर जवाफ दिएका थिए । 

डा वाग्ले तनहुँ १ बाट यस अघि निर्वाचित र अहिले पनि उम्मेदवारका रुपमा छन् । उनको निर्वाचन क्षेत्रमा पवित्र देबघाट धाम पर्छ । सनातन हिन्दुु धर्मको पवित्र तपोभुमी देवघाट विश्व प्रसिद्ध छ । डा.वाग्ले त्यही क्षेत्रका उम्मेदवार भएका कारण उनलाई सनातन हिन्दु धर्मको विरोधीका रुपमा उनका प्रतिस्पर्धी र विरोधीले प्रचार गरिरहेका छन् । तर, उनीहरुले गरेका प्रचारमा कुनै सत्यता छैन । 

के वाग्ले हिन्दु सनातन धर्म विरोधी हुुन् ?

डा. वाग्लेले आफ्नो निर्वाचन अभियान देवघाट धामबाट घण्टी बजाएर सुुरु गरेका थिए । तनहुँ १ मा मनोनयन दर्ता गर्नु अघि उनले घण्टी बजाएको भिडियो पोष्ट गर्दै देवघाटबाट लेखेका थिए ‘पानवन भूमी तनहुँको देवघाटबाट असल शासन र आर्थिक समुुन्नसतको हाम्रो निर्णायक महाअभियान सुरु भएको छ ।’

त्यसो त डा.वाग्ले गोरखामा बुुंकोटमा हिन्दु पण्डित परिवारमा जन्मिएका नेता हुुन् । उनका हजुरबुुबा बुुद्धी बिलास वाग्ले पण्डित थिए । हिन्दु पण्डित परिवारमा जन्मिएका वाग्ले धार्मिक रुपले हिन्दु धर्म मान्छन् र उनको पारिवारिक धर्म पनि हिन्दु नै हो । उनको विवाह कर्म देखि छोराको कर्मसम्म सबै कार्य हिन्दु धर्मअनुसार नै भएका छन् । 

वाग्ले सबै धर्मलाई सम्मान गर्छन् । सबै धर्म र धार्मिक आस्था राख्नेहरुको स्वतन्त्रता र सम्मानको पक्षमा वकालत गर्छन् । वाग्ले आबद्ध राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सनातन सभ्याताको वकालत गर्ने पार्टी हो । 

सो पार्टीको ऐतिहासिक जलेश्वर बैठकबाट पारित राजनीतिक प्रतिवेदनका लेखनकर्ता उनै डा. वाग्ले थिए  र सो राजनीतिक प्रतिवेदनमा रास्वपाले सनातन सभ्याताको जर्गेना गर्ने स्पष्ट लेखेको छ । 

राजनीतिक प्रतिवेदनमै यसारी स्पष्ट सनातन सभ्याताबारे बोल्ने दल रास्वपा नै हो । साथै, रास्वपा बहुुलबादी लोकतान्त्रिक दल रहेको भन्दै उसले धार्मिक, सांस्कृतिक विविधतालाई पारस्पिरिक सम्मान र सहअस्तित्वका सिद्धान्तका आधारमा कोही पनि अल्पसंख्यक समुदायको सदस्य यो देशमा असुरक्षित हुनहुुन्न भन्ने दृढ मान्यता राखेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पेट्रोलियम पदार्थको मूल्य  बढ्यो,  पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ पुग्याे

पेट्रोलियम पदार्थको मूल्य  बढ्यो, पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ पुग्याे

निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५०...
नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाल बाल संगठन र बालमन्दिर जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको घोषणा

यस्तै यसअघि हिजो मङ्गलबार उहाँले नेपाल बाल सङ्गठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको रावलले...
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

प्रधानकमन्त्रीका प्रेस सल्लाहकार राम बहादुर रावलले सरकारले उक्र प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सिधाकुरालाई जानकारी दिए ।
सुशीला सरकारका निर्णयमा शीतलनिवासको ‘चेक एण्ड होल्ड’

सुशीला सरकारका निर्णयमा शीतलनिवासको ‘चेक एण्ड होल्ड’

सेरेमोनियल राष्ट्रपति रामचन्द्र पौडेलले कार्यकारी प्रधानमन्त्रीका केही निर्णय शीतलनिवाससम्म पुग्नै दिएनन्, शीतलनिवाससम्म पुगेका केही निर्णय पनि अनुमोदन गरिदिएनन् । यसको अर्थ शीतलनिवासले सरकारका निर्णय नै ‘चेक एण्ड होल्ड’...