नेभिगेशन
समाज

रास्वपाले कम्तिमा पनि बहुमतको सरकार बनाउनु पर्नेछ: सभापति रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वाले यो निर्वाचनबाट कम्तिमा पनि बहुमतको सरकार बनाउने जनमत प्राप्त गर्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवनमा आफ्नो मतदातासँग आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । चितवनले जन्माएको निलोक्रान्ति देशव्यापी भएको र अब अन्तिम धक्काको तयारीमा रहेको लामिछानेले बताए । 

Ncell
Extreme Energy

‘यो निर्वाचनमा रास्वपाले कम्तिमा पनि आफ्नै बहुमतको सरकार बनाउनु पर्नेछ,’ सभापति रविले भने,‘नत्र इतिहासले दिएको अवसर खेर जानेछ ।’  अन्यायमा परेर न्याय खोज्न आएको मान्छेलाई चितवनले इतिहास कोर्ने बाटोमा पुर्‍याइदिएको भन्दै उनले आफू चितवनबासीसँग गरेको बाचा पुरा गर्न फेरि आएको बताए ।

आफ्नो दुःखमा चितवन रोएको स्मरण गर्दै लामिछानेले त्यो दुःख र पीडालाई अब देश र पुस्ताको जीवन बदल्ने शक्तिमा बदल्नुपर्ने बेला आएको र यो अन्तिम लडाइ भएको उनको भनाई छ । 

चितवनले निलो क्रान्तिलाई निष्कर्षमा पु¥याउन आफूलाई देशव्यापी रुपमा फैलाउन जान दिन पनि उनले चितवनबासीसँग आग्रह गरे। उनले सामाजिक सञ्जालमा लाइक डिसलाईकमा झगडा नगर्न पनि चितवनका नेता कार्यकर्तालाई आग्रह गरे ।

मत पत्रमा घण्टी चिन्ह रहेको र आफ्नो सबै आक्रोश त्यही पोख्न पनि उनले आग्रह गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

ऊर्जामन्त्री श्रेष्ठद्वारा ६ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक, विद्युत् व्यापार र प्रसारण क्षमता वृद्धि प्राथमिकतामा

छ महिनामा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। विद्युत् तथा ऊर्जा विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकका प्रारम्भिक मस्यौदा तयार गरी सरोकारवालाबाट रायसुझाव...