नेभिगेशन
समाज

राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभाको शुक्रबार को बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

Ncell
Extreme Energy

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको उक्त विधेयकका सम्बन्धमा प्रतिवेदन पेस गर्न निर्देशन दिएका हुन । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा छ । संसदीय प्रक्रिया पूरा भएपछि सो विधेयक फिर्ता हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...