नेभिगेशन
समाज

बैतडी घटनामा मृतकका परिवारलाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएको अवधिभरको औषधि उपचार खर्च सरकारले व्यहोर्ने निर्णय समेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए ।

Ncell
Extreme Energy

उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा होलिकप्टरको व्यवस्थापन पनि गरिएको छ । बैतडीको पुर्चौंडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र०२००१ख १११९नम्बरको विवाहका जन्ती चढेको बस पुर्चौंडी सडकखण्डको बडगाउँ भन्ने मोडमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

घाइते ३५ जनामध्ये डडेलधुरा अस्पतामा २३, धनगढीको निसर्ग अस्पतालमा सात र बझाङमा पाँच जनाको उपचार भइरहेको छ । उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, मुख्यमन्त्री कमलबहादुर शाहले १३ जनाको ज्यान जानेगरी बिहीबार राति बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । मुख्यमन्त्रीले दुर्घटनामा मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त समेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर...
भोजपुरमा ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

भोजपुरमा ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

डिभिजन वन कार्यालय भोजपुरको पहलमा सञ्चालित यस कार्यक्रम अन्तर्गत जिल्लाका चार वटा सामुदायिक वन क्षेत्रमा संरक्षण पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले...
कारको ठक्करबाट तनहुँमा दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट तनहुँमा दुई बालबालिकाको मृत्यु

भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले...
फिफा विश्वकपः नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह आइको बिजेता

फिफा विश्वकपः नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह आइको बिजेता

फ्रान्सको लगातार यो तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो । अठाइस वर्षपछि विश्वकपमा फर्कको नर्वे भने समूह उपविजेता बन्दै...