नेभिगेशन
समाज

रविसंग सुकुम्वासीको गुनासो, ‘हामी अब कहिले सम्म भूमिहिन हुने हो’ ?

काठमाडौँ । हामी अब कहिले सम्म सुकुम्वासी भएर बस्नु पर्ने हो ? शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा उम्मेदवार रवि लामिछानेलाई भेट्न पुगेकी एक महिलाले रुँदै गरेको प्रश्न हो यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएका विभिन्न निर्वाचनमा आफूहरूको समस्या समाधान हुने आशा र विश्वास दिलाउँदै जिताएर पठाएका उम्मेदवारले कुनै वास्ता नगरेको उनले बताइन । उनले रुँदै भनिन्, ‘ हामीलाई सुकुम्वासीबाट मुक्त गराइदिनुस् अब यो समस्या झेल्न नसक्ने भइसकेका छौँ, हामी सुकुम्वासी अनेकन् समस्याले ग्रसित छौँ । भोट लैजानुस् र दिन्छौँ पनि तर हाम्रो समस्या समाधान हुनु पर्‍यो ।’

Ncell
Extreme Energy

उनको प्रश्नमा रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासीका नाममा भोट बैङ्क बनाउने काम सदाका लागि अन्त्ये गर्ने बताएका थिए । उनले भने, ‘भोट हाल्नुस् वा नहाल्नुस् । कानुनले दिने कुरामा आफ्नो सरकार यदि आयो भने, कोही कसैले सुकुम्वासी भएर बस्नु पर्दैन ।’

त्यस्तै मत दिने सन्दर्भमा रास्वपा सभापति लामिछानेले भनेका छन्, ‘एक पटक, मात्र एक पटक भोट हामीलाई दिनुस् । यो एक पटक सरकार बनाएर पनि गरेनौँ भने अर्को पटक भोट माग्न आउने छैनौँ ।’

बिहीबार देखि आफ्नो निर्वाचन क्षेत्रमा रहेका रास्वपा सभापति लामिछानेले चितवनको चुनावी माहौल बुझ्ने र मतदाता, पार्टीका शुभेच्छुक, पार्टीका नेता तथा कार्यकर्तासंगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन् । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ...
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...