नेभिगेशन
समाज

ग्यास उत्खनन भइसकेकाले अब घर–घरमा पाइपबाट ग्यास वितरण गर्न सकिन्छ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा ग्यास उत्खनन भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट वितरण गर्नुपर्ने बताएका छन् ।

सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासँगको छलफलका क्रममा अध्यक्ष ओलीले नेपालमा ग्यास उत्खनन भइसकेको भन्दै अव त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट वितरण गर्नुपर्ने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘अब नेपालमै ग्यास निस्कँदै छ । ग्यास बाल्नु पर्छ । विदेशबाट ल्याएको ग्यास होइन ? अहिले ताला लाएर राखेको छ त्याँ ग्यास राख्या छ । त्यो ग्यास निकाल्न पर्छ । र त्यसलाई निकालेर पाइबाट घरघरमा पुर्‍याउन सकिन्छ ।’

Ncell
Extreme Energy

त्यस्तै, केहिदिन पहिले आफुले गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहिले त्यो त्यस कुरालाई तोडमोड गरेको भन्दै ओलीले आपत्ति समेत जनाएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत बनेका ओलीले पछिल्लो समय झापामा स्थानीयसँगको छलफललाई तीव्रता दिइरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...
बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

गृहमन्त्री सुदन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमा जोड दिएका छन्। उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त...
प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।