नेभिगेशन
समाज

जापान भ्रमणमा रहेका उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जापानका सम्राट नारुहितोको ६६औँ शुभजन्मोत्सव तथा नेपाल–जापानबीच कूटनीतिक  सम्बन्ध स्थापना भएको ७०औँ बर्षगाँठका अवसरमा यहाँस्थित जापानी दूतावासले आयोजना गरेको स्वागत समारोहमा सरिक भएका छन् ।

त्यस अवसरमा नेपालका लागि जापानी राजदूत मेइदा तोरुले त्यहाँ पुगेका आमन्त्रित पाहुनालाई स्वागत गर्दै नेपाल र जापानबीच रही आएको न्यानो र  मित्रवत् सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे । जापानी सम्राटको ६६औँ जन्मोत्सव यही फ्रेबुअरी २३ गते भव्य रुपमा मनाइँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “यो वर्ष हाम्रा लागि ठूलो महत्वको वर्ष रह्यो, नेपाल–जापानबीच दौत्य सम्बन्धको ७० वर्षको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलको चारदिने जापान भ्रमण भएको छ ।” जापानका सम्राट, सम्राज्ञी र प्रधानमन्त्रीसँग  राष्ट्रपति पौडेलको भेटवार्ताबाट दुई देशबीचको सम्बन्ध थप विस्तारमा योगदान पुगेको बताउँदै राजदूत तोरुले यस्ता भ्रमण आदानप्रदानले सन् १८९९ देखिको सुरु भएको जनस्तरको सम्बन्धसमेत सुदृढ हुँदै गएको बताए ।

Ncell
Extreme Energy

जापानी चिकित्सकले तानसेनमा सन् १९६० अस्पताल खोल्नुभएको र त्यसक्षेत्रमा टिबीरोगबाट आमाबाबु बितेका १२ जना बालबालिकालाई पालनपोषण गरी संरक्षण प्रदान गर्नुभएको जनस्तरको सम्बन्ध र योगदानको पनि राजदूत तोरुले उल्लेख गरेका थिए ।

त्यस्तै, एक जापानी प्राध्यापकले हरेक वर्ष केही नेपाली विद्यार्थीलाई जापानमा पढाउने र नेपालमा ल्याइ विभिन्न अनुसन्धान गर्न लगाउने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिगत तहमा केही  जापानी पर्वतारोहीले नेपालका हिमाली क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको बताए ।

हाल जापानमा करिब दुई लाख ७० हजारको सङ्ख्यामा रहेका नेपाली अध्ययन, अध्यापन र विभिन्न पेसा व्यवसायमा संलग्न छन् । जापान नेपालको विकासको ठूलो साझेदार मात्र नभई जनस्तरमा समेत गहिरो मित्रता, सद्भाव र सहयोगमा आधारित सम्बन्ध भएको मुलुक हो ।

पछिल्लो समय दुई देशबीच व्यापार, लगानी, मानवसंशाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति र पर्यटनजस्ता क्षेत्रमा आपसीहितलाई अभिवृद्धि गर्ने सहमति भएको छ ।

समारोहमा नेपाल सरकारका मन्त्रीहरु, तात्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले के के गर्यो निर्णय ?

कांग्रेसले के के गर्यो निर्णय ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वतयारी नगर्दा देशभर खाना पकाउने ग्यासको अभाव भएको निष्कर्ष निकालेको छ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले धुम्बाराहीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् । ‘देउवाको स्वागतमा कम्तीमा ५ हजार हाराहारीमा नेता कार्यकर्ताको सहभागिता रहने छ’ युवा तथा विद्यार्थी नेताहरुसँग समन्वय...