नेभिगेशन
समाज

देउवाको घरमा जलेको पैसाबारे ओलीः पहिले एआई भन्थे, अहिले ‘नक्कली’

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवाको घरमा जलेको पैसाबारे पुनः बचाउ गर्दै अभिव्यक्ति दिएका छन् । झापामा चार दिन घर दैलो गर्ने क्रममा ओलीले दिएको उक्त अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा फैलिरहेको छ। 

एक जना मतदाताले ओलीको चुनावी घर दैलोका क्रममा जेनजी आन्दोलनमा देउवासहितका नेताका घरमा पैसा जलेकोबारे ओलीसँग जिज्ञासा राखेकी थिइन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो पछि भएको सवाल जवाफमा ओलीले जिकिर नै गरेर देउवाको घरमा जलेको भनिएको पैसा नक्कली भएको दाबी गरे । ‘नेताको घरमा पैसा डढेको कुरा छ,’ ओलीलाई एक मतदाताले  सोध्छिन् ?ओलीले पश्न गर्दै सोध्छन् ‘कसकोमा जल्यो त ?’

Ncell
Extreme Energy

ति महिलालले जवाफ दिइन् ‘देउवाकोमा डढेको छ, अरु नेताको घरमा डढेको छ। ’ त्यसपछि ओलीले आफ्नो घर जलाइएको कुरालाई मजाक नगर्न भन्दै झोक्किए । ‘मेरो घर जलेको छ तपाईँहरू मजाक गर्नु हुन्छ ?’ ओलीले सोधे ।

उनले पुनः ति महिलालाई सोधे ‘मेरो घरमा पैसा जलेको छ ? मैले पैसा जम्मा गरेको छ ?’ पैसा जलेको कुरामा अडिग भएर ओलीसँग जवाफ मागिरहेकी उनले पुनःः ओलीलाई भनिन् ‘भित्र जल्यो होला ।

कसले देख्यौ र ? मैले त देउवाको घरमा जलेको पैसाको कुरा नक्कली हो भनेर प्रमाणित गर्न खोजेको त होनी त भनेर सोधेको,’ उनले ओलीलाई प्रतिप्रश्न गरिन् । 

त्यसपछि ओलीका एक सहयोगीले जसको जलेको हो उसैलाई सोध्न भन्दै प्रश्नकर्ता महिलालाई थर्काए । त्यसपछि ओली पुनः प्रश्नकर्ता महिलातर्फ फर्किदै भन्छन् ‘जो जलेको देखियो नि त्यो पनि नक्कली हो ?’ 

प्रश्नकर्ता महिला फेरि सोध्छिन, ‘देउवाकोमा जलेको देखिएको पनि नक्कली हो ?’ ओली पुनःः भन्छन् ‘देउवाको घरमा जलेको देखाइएको पनि नक्कली हो । तपाईँहरू हल्लाको पछि लाग्ने हो ?’ अलिअलि पैसा थियो पनि होला ! ’

ओलीसँगै रहेका उनका सहयोगीले थप्दै भन्छन् ‘देउवाको घरमा देखाईको एआई हो । जनतालाई भ्रममा पारियो ।’ यस अघि ओलीले झापाकै कमल गाउँपालिकामा घर दैलो गर्दै गर्दा देउवाको बचाउ गर्दै जलेको पैसा एआई हो भनेका थिए । 

माघ २४ गतेको घरदैलोमा स्थानीय मोहनबाबु शेर्माको प्रश्नको जवाफ दिँदै ओलीले उक्त पैसा बारेको भिडियो एआईबाट सृजित र विदेशको फोटो ल्याएको जोडेको बताए । 

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा देउवाको बुढानिलकण्ठस्थित घरमा भएको आगजनिमा करोडौँ रुपैयाँ जलेको अवस्थामा फेला परेको थियो ।
देउवाको घरमा आक्रमण भएको २० घण्टापछि २५ भदौको दिउँसो सिधाकुरा देउवाको घरमा पुगेको थियो ।

त्यसपछि सिधाकुराले गरेको स्थलगत रिर्पोटिङ देउवाको घरमा जलेको अवस्थामा रकम भेटिएको कुरा खुलासा भएको थियो । सो कुरा सिधाकुराको एक्सक्लुसिभ रिर्पोटिङ थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

चाडपर्व लक्षित सुरक्षाः उपत्यकामा साढे ३ हजार प्रहरी परिचालन,  सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुर पनि खटाइने

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाकासाथ प्रहरी परिचालन...
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...