नेभिगेशन
समाज

सुनको मूल्य तोलामा ९ सयले घट्दा, चाँदीमा २५ रुपैयाँले वृद्धि

काठमाडौँ । मंगलवार स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा मंगलवार सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८५ निर्धारण भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।

Ncell
Extreme Energy

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै...
आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार

आर्मीद्वारा ४० विदेशीसहित ७०६ जनाको उद्धार

सैनिक मुख्यालयका अुनसार नेपाली सेनाका हेलिकोप्टरद्वारा रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङ लगायतका क्षेत्रबाट २९ भारतीय, ४ जर्मन, ४ चिनियाँ, १ ओमान र २ कोरियन नागरिकको उद्धार गरिएको छ ।...
भोटेकोशी बाढीः ५३८ शव फेला, ९७७ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीः ५३८ शव फेला, ९७७ अझै सम्पर्कविहीन

प्राधिकरणका अनुसार रसुवामा १२१, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा २२१ शव फेला परेको छ ।