नेभिगेशन
समाज

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेन्द्र शाहको आग्रह

काठमाडौँ । मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन वालेन्द्र शाहले आग्रह गरेका छ्न् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका शाहले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शाहले सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूले जारी गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न र अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न सुझाव दिएका छ्न् । 

Ncell
Extreme Energy

शाहले आफ्नो सन्देशमा नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्न तथा आवश्यक पर्दा तुरुन्तै राजदूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरेका छन् ।

“आधिकारिक सूचना, समाचार तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्। सुरक्षित रहनुहोस्, सजग रहनुहोस्,” शाहले भनेका छन् ।

मध्यपूर्वका केही क्षेत्रमा विकसित भइरहेका तनावपूर्ण अवस्थाका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति चासो बढिरहेका बेला शाहको यो अपिल सार्वजनिक भएको हो। नेपाल सरकार तथा कूटनीतिक नियोगहरूले समेत आवश्यक परे सहयोग र समन्वय गर्न तत्पर रहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...