नेभिगेशन
समाज

मध्यपूर्व तनाबः नेपालीहरुको उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न सरकारलाई रवि लामिछानेको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र भू–राजनीतिक सन्तुलनका दृष्टिले यो परिस्थिति अत्यन्तै संवेदनशील रहेको उनको भनाई छ। उनले सबै पक्षलाई अधिकतम संयमता अपनाउन र समस्याको समाधान संवाद एवं कुटनीतिक माध्यमबाट खोज्न अपिल गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘त्यस क्षेत्रमा विकसित घटनाक्रमले विशेषगरी युएई, कतार, बहराइनलगायत खाडी मुलुकहरूमा सुरक्षा अवस्था थप संवेदनशील बन्ने जोखिम देखिएको छ। ति देशहरूमा लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको छ। सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दछौं ।’ उनले भनेका छन् । 

Ncell
Extreme Energy

नेपाली नागरिकको सुरक्षा सर्वोपरि दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्नेमा ध्यानाकर्षण गराउँदै इन्धनको आपूर्ति प्रणालीमा आउन सक्ने अवरोधले जनजीवन र अर्थतन्त्रमा पार्ने प्रभावबारे समेत बेलैमा सचेत रहन आग्रह गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ।
चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।
बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रअन्तर्गत मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको ज्यान गएको छ।