नेभिगेशन
समाज

समानुपातिक सांसद टुंगो लगाउन रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ । समानुपातिक सांसदको टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक केहिबेरमा बस्दैछ। पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय रहेको चःमतिमा बस्न लागेको रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन्।

प्रवक्ता झाले भने, ‘पार्टी सभापतिको निर्देशानुसार पार्टी सचिवालयको बैठक आइतबार बस्ने तय भएको छ,’ । उनका अनुसार आजको बैठकको दुइटा कार्यसूची छ। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२को समानुपातिक उम्मेदवार सिफारिस गर्ने उनले बताए। त्यस्तै निर्वाचन परिणाम, सरकार गठन लगायत विषयमा पनि छलफल हुने रास्वपा नेताहरूले बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सचिवालय बैठक शनिबार दिउँसोका लागि तय भए पनि अन्तिम समयमा आजका लागि सारिएको थियो। हालै भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेको थियो। रास्वपाले प्रत्यक्षतर्फ १६५ सिटमध्ये १२५ स्थानमा जित हासिल गरेको थियो भने समानुपातिकतर्फ ५७ जना सांसद निर्वाचित हुनेछन्।

Ncell
Extreme Energy

निर्वाचन आयोगले दलहरूलाई आजसम्म उम्मेदवार सिफारिस गर्न भनेको छ। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै थ्रेस होल्ड कटाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।