नेभिगेशन
समाज

रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्छ: पूर्व राष्ट्रपति यादव

काठमाडौँ । पूर्व राष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन्।

मङ्गलवार काठमाडौँमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक ‘सङ्कल्पन’ विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको भन्दै अव भने रास्वपाले पाएको जनादेश लाई खेर जान दिन नहुने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सबैले अहिलेको परिवर्तनलाई आत्मसात् गर्दै जनता देशलाई स्वीकार गर्नुपर्ने बताए । पूर्व राष्ट्रपति यादवले संसद्मा प्रतिपक्षी नरहने भन्ने अभिव्यक्ति आफूले सुनेको भन्दै लोकतन्त्रमा प्रतिपक्षीलाई सम्मान गर्दै अघि बढ्न सक्नुपर्ने बताए ।

Ncell
Extreme Energy

उनले ठुलो बलिदानीबाट आएको मुलुकमा संविधान बनेको भन्दै संविधानको परिधिभित्र रहेर राजनीतिक दलले आफ्नो क्रियाकलाप अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।