नेभिगेशन
समाज

प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर रास्वपा सभापति रविले दिए धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र प्रधानमन्त्री कार्की र सभापति लामिछाने बीच भेटवार्ता भएको हो । 

भेटमा प्रधानमन्त्री सुशीला कार्कीलाई सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा रास्वपाको तर्फबाट सभापति लामिछानेले धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् ।

Ncell
Extreme Energy

‘अहिले देश रोएको छ । तपाईं युवाहरूसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् । तपाईंहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ । चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ।

विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ ।’ भेटमा दुई जनाबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।
राष्ट्रपतिले जारी गरे  दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।
खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। महिलालाई अश्लील गाली गलौज गरेको अडियो बाहिरिएपछि पार्टीले पदीय हैसियतामा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।