नेभिगेशन
समाज

मन्त्रिपरिषद्लाई अन्तिम रुप दिन रवि र बालेन छलफलमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोली गठन हुने मन्त्रिपरिषद्लाई पूर्णरूप दिन अन्तिम गृहकार्य सुरु गरेको छ। पार्टी सभापति रवि लामिछाने र पार्टीको तर्फबाट प्रधानमन्त्रीको शपथ लिन लागेका संसदीय दलका नेता एवम् वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० बीच छलफल सुरु भएको हो । 

काठमाडौँको बुढानिलकण्ठस्थित सभापति रवि लामिछानेको निवासमा दुई नेताहरू मन्त्रीको टुङ्गो लगाउन छलफलमा जुटेका हुन् । आज दिउँसो मात्रै संसद्को शपथ सकेर दुवै नेता पार्टी मुख्यालय बनस्थली पुगेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालयमा आयोजित केन्द्रिय समिति बैठक र संसदीय दलको बैठकले संसदीय दलको नेता चुनेपछि बालेनको प्रधानमन्त्री बन्ने ढोका रास्वपाबाट औपचारिक रुपमा खुलेको थियो ।  त्यस लगत्तै नेताहरू मन्त्री छान्न छलफलमा जुटेका हुन् । 

Ncell
Extreme Energy

‘लगभग एक चरणको तयारी सकिएको छ । अन्तिम रूप दिन लागिएको मात्रै हो,’ एक शीर्षस्थ नेताले सिधाकुरासँग भने,‘ शुक्रबार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको शपथ हुनेगरि आजै सबैकुरा टुङ्गोमा पुग्छ ।’ 

रास्वपाले बढीमा १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भनेको छ । प्रधानमन्त्रीमा बालेन बाहेक अर्थमन्त्रीका रुपमा पार्टी उपसभापति डा।स्वर्णिम वाग्लेले शपथ लिने निश्चित भएको छ । अन्य मन्त्रीहरू को को हुने भन्ने यकिन भएको छैन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बगाएपछि बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आरुघाट आइपुगेको छ ।

भर्खरै