नेभिगेशन
समाज

बालेनलाई प्रधानमन्त्री हुने गाँठो फुकाएपछि रविले के भने ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई चयन गरेको छ । 

बिहीबार पार्टी कार्यालय बनस्थली चमतीमा आयोजित केन्द्रिय समिति र संसदीय दलको बैठकले बालेनलाई संसदीय दलको नेता चयन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यससँगै बालेनलाई प्रधानमन्त्री बन्ने गाँठो फुकेको छ । निर्वाचन अघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमीएको रास्वपाले आज संसदीय दलको बैठकबाट शाहलाई संसदीय दलको नेता चुनेको हो । बहुमत प्राप्त दलको नेता संविधान २०७२ को धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री चयन हुन्छ ।

Ncell
Extreme Energy

गत पुस १३ गते राती रास्वपा र बालेनबीच भएको सहमतिअनुसार निर्वाचन पछि बालेन संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री बन्ने उल्लेख थियो । निर्वाचनमा १८२ सिटसहित दुई तिहाईको सरकार बनाउने म्याण्डेट पाएपछि  रास्वपाले पूर्वसम्झौता बमोजिम बोलनलाई नेता चुनेको हो ।

संसदीय दलमा बालेनलाई निर्वाचित गरेपछि रविले बालेनलाई सफल कार्यकालको लागि बालेनलाई बधाई दिए । संसदीय दल र केन्द्रिय समितिको संयुुक्त बैठकलाई सम्बोधन गर्दै सभापति रविले भने, ‘उहाँलाई धेरै धेरै बधाई एवम् सफल कार्यकालको शुभकामना ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बगाएपछि बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आरुघाट आइपुगेको छ ।
एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।

भर्खरै