नेभिगेशन
समाज

राम नवमीले दिगो शान्ति एवम् भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मदिनका रूपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत, अनुष्ठान र जप आदि गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको छ ।

Ncell
Extreme Energy

शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास राष्ट्रपति पौडेलको रहेको छ ।

रामनवमी भगवान् श्रीरामको जन्म दिवसमात्र नभई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रूपमा पनि लिइन्छ । यस दिन मुलतः देशका विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु

हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जास्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
‘इन्टर्न डाक्टरको दुःखलाई सरकारी र निजी भनेर विभेद नगरौँ’

‘इन्टर्न डाक्टरको दुःखलाई सरकारी र निजी भनेर विभेद नगरौँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरलाई सरकारी र निजी मेडिकल कलेजका आधारमा विभेद गर्न नहुने बताएकी छन् ।
नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक्स्पोमा ५५ ब्राण्डका ४० भन्दा बढी मोडल नयाँ सवारी साधन राखिएको छ । एक्स्पोमा चार पांग्रेसँगै दुई पांग्रे सवारीसाधन पनि छन् ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।