नेभिगेशन
समाज

अर्थमन्त्रीमा डा वाग्ले नियुक्त भएपछि तनहुँमा खुसीयाली

काठमाडौँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले निर्वाचनअगावै डा वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी बनाइने अभिव्यक्ति दिएका हुन्। आफ्नो क्षेत्रबाट निर्वाचित सांसद देशको महत्तुवपूर्ण जिम्मेवारीमा आएपछि तनहुँ क्षेत्र नं १ का स्थानीय खुसी भएका छन् । डा वाग्ले यहाँबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वाग्ले विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा ३४ हजार ९११ मतसहित पहिलोपटक विजयी भएका थिए । डा वाग्ले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ हजार ४० मतसहित दोस्रोपटक विजयी भएका हुन् । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी प्राप्त गरेपछि तनहुँवासी थप खुसी भएका छन् ।

Ncell
Extreme Energy

तनहुँको म्याग्दे निवासी मनोज अधिकारीले डा वाग्लेको अर्थमन्त्रीको जिम्मेवारीले आफूहरूलाई खुसी तुल्याएको प्रतिक्रिया दिए । उनले भने, “डा वाग्ले देशको अर्थतन्त्र सुधार गर्नसक्ने सक्षम व्यक्ति हो । जिल्लाले अर्थमन्त्रीका रूपमा उहाँलाई पाउँनु हामी सबैका लागि गौरवको कुरा हो ।”

बन्दीपुरका सिद्धान्त गर्जा मगरले सामाजिक न्यायसहितको अर्थनीति, सुशासन, आर्थिक सुधार र गुणस्तरीय पूर्वाधारलाई अब सैद्धान्तिक हिसाबले मात्र नभई व्यावहारिक ढङ्गबाट अगाडि बढाउन डा वाग्ले सफल हुने विश्वास व्यक्त गरे। गोरखा जिल्लामा जन्मिए पनि वाग्लेले आफ्नो संसदीय यात्रा तनहुँबाट सुरु गरेका हुन् ।

सामान्य परिवेशमा हुर्किनुभएका डा वाग्ले अन्तरराष्ट्रिय ख्यातीप्राप्त विश्वविद्यालयबाट अध्ययन गर्दै देश विदेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उच्च शिक्षापछि विभिन्न अन्तरराष्ट्रिय संस्थामा काम गरेका वाग्लेले नेपाल फर्किएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...
खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।