नेभिगेशन
समाज

गृहमन्त्री सुधन गुरुङको निर्देशनः नागरिकको जीवन रक्षा राज्यको दायित्व हो, जुनसुकै विपद्का लागि तयार रहनुस्

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको कार्यक्रममा उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन नहुने बताए । उनले भने, “नागरिकको जीवन बचाउनु राज्यको सबैभन्दा महत्त्वपूर्ण दायित्व हो । त्यसैले जुनसुकै विपद्का लागि तयारी अवस्थामा रहन आवश्यक छ ।”

Ncell
Extreme Energy

प्राधिकरणले गरिरहेका कार्यबारे जानकारी लिएपश्चात् गृहमन्त्री गुरुङले विद्यालय तथा क्याम्पसका पाठ्यक्रममा विपद्सम्बन्धी विषयवस्तु राखिनुपर्ने र विद्यार्थीलाई विपद्सम्बन्धी आधारभूत तालिम दिनुपर्नेमा पनि जोड दिए । 

प्राधिकरणका प्रमुख कार्यकारी इ दिनेशप्रसाद भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि हाल सम्पादन भइरहेका कार्य, आगामी प्राथमिकता एवं चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...