नेभिगेशन
समाज

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेशका लागि पहल गर्न निर्देशन दिएका छन् । 

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग आज भएको छलफलमा मन्त्री गुरुङले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी उक्त कार्यक्रम कार्यान्वयन गर्ने योजना ल्याउनुपर्ने बताएका हुन् । बालबालिकालाई प्राकृतिक विपद्का समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप तथा सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य मन्त्री गुरुङको रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस कार्यक्रममार्फत विद्यार्र्थीलाई व्यवहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ । सम्बन्धित निकायहरूबीच आवश्यक सहकार्य गरी परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

थकाली सेवा समिति नेपालले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि एक करोड ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।

भर्खरै