नेभिगेशन
समाज

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्री रावलको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उपसचिवको सरुवा गरेको थियो भने मङ्गलवार ६ जना सहसचिवको सरुवा गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अघि रिक्त रहेको नगरपालिका तथा उपमहानगरपालिकामा खटाइएका कर्मचारीहरू काठमाडौँ बाहिर जान आनाकानी गरेपछि सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन् । 

Ncell
Extreme Energy

मन्त्री रावलले भनिन्,'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ ।' 

मन्त्रालयले यस अघि प्रमुख प्रशासकिय अधिकृत विहीन रहेका नगरपालिकामा सोमबार  र उपमहानगरपालिकामा मङ्गलवार कर्मचारी पठाएको छ । 

अब एक दुई दिनमै कर्मचारी विहीन भएका गाउँपालिकाहरूमा पनि कर्मचारी खटाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

थकाली सेवा समिति नेपालले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि एक करोड ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।

भर्खरै