नेभिगेशन
समाज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी अस्पताल पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ केएमसी अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन्।

बिहीबार राति गृहमन्त्री गुरुङ जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका हुन् । केएमसी अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूलाई निःशुल्क उपचार सेवा दिएको भन्दै केएमसी अस्पतालका सञ्चालक डा.सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद व्यक्त गर्दै भने, “तपाईंले घाइतेहरूलाई मात्र होइन, उहाँहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ। यो सेवामा कमी नहोस्, तपाईंप्रति सधैं सम्मान छ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै गृहमन्त्री गुरुङसँगको भेटमा अस्पतालका सञ्चालन सुनिल शर्माले आन्दोलनका घाइतेहरूको उपचार निःशुल्क भइरहेको बताएका थिए । डा.शर्माले भने, “तपाईँ आउनुभयो, बिरामीको अवस्था पनि बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।”

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।
आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती र...
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...