नेभिगेशन
समाज

न्याय पाउने पहिलो हक सहिदकी आमा र घाइतेलाई छः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले न्याय पाउने पहिलो हक जेनजी आन्दोलनका शहीद परिवारलाई रहेको भन्दै पछिल्लो घटनाक्रमलाई राजनीतिक प्रतिशोध भन्न नमिल्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘आफ्नो कलिला बालबालिका गुमाएका आमाहरुलाई न्यायको हतारो छ होला नी ? न्याय पाउने पहिलो हक सहिद परिवारको हो । घइते परिवारको हो । यसको अर्थ अरुलाई पाउनुहुँदैन भन्ने होइन ।’ 

रास्वपा नेतृत्वको सरकारको गतिविधि पब्लिक अडिटमा रहेकाले सवै गतिविधिहरु पारदर्शी हुने उनको भनाइ छ ।  अन्य राजनीतिक दलका नेताप्रति प्रतिशोध साँधिएको हो भन्ने प्रश्नमा लामिछानेले भने, ‘आम नागरिकले त्यसलाई हेरिरहनुभएको छ । हामी पब्लिक अडिटमा छौँ । हाम्रा अभिव्यक्ति, गतिविधि, क्रियाकलाप हाम्रो राजनीतिक अभ्यास, हाम्रा निर्णय सबै आम नागरिकसामु छ । नागरिकले यसलाई हेरिरहनुभएको छ ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले संसदमा लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताएका छन् । संसदमा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दाहरुलाई बन्देज गर्ने जस्ता लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताएका हुन्  । 

Ncell
Extreme Energy

संसदीय मर्यादा, संसदीय नियमावलीका अनुशासनको मापदण्डको पूर्णरुपमा पालना हुने उनको भनाइ छ । उनले रास्वपा उपसभापति डीपी अर्याल सभामुख भइसकेपछि पार्टीभन्दा पनि सदनप्रति उत्तरदायि हुने विश्वास व्यक्त गरे । सभापति लामिछानेले उपसभापतिका विषयमा भने अहिले कुनै पार्टीसंग छलफल नभएको जानकारी दिए । 

उनले रास्वपालाई जनताले दिएको म्याण्डेड अनुसार नीतिगत रुपमा नै बोलेर भन्दा काम गरेर सुधारका अभिभाराहरुलाई पुरा गर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।
आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती र...
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...