नेभिगेशन
समाज

प्रतिनिधिसभा बैठक आज बस्दै, सभामुखमा निर्विरोध भएका अर्यालको औपचारिक घोषणा हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा आज बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा निर्विरोध भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित भएको औपचारिक घोषणा गरिने बताइएको छ ।

सभामुख पदका लागि शुक्रबार मनोनयन दर्ता समय अवधिमा रास्वपाका उपसभापति अर्याल बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको संसद् सचिवालले जनाएको थियो । त्यस्तै, राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १२ः १५ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संसद् सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
यस्तो रहनेछ दसैंमा मौसम

यस्तो रहनेछ दसैंमा मौसम

लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।