नेभिगेशन
समाज

नयाँ सभामुखलाई बधाई दिँदै मन्त्री गौतमले भनिन्– संसदमा साँचो बहस अब हुन्छ (सम्बोधनको पूर्णपाठ)

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अबको संसद् पक्ष र विपक्ष भन्दा पनि जनताका साझा मुद्दामा केन्द्रीत हुनु पर्ने बताएकी छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखमा डीपी अर्याललाई समर्थन गर्ने क्रममा उनले संसद् यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्ने उनले बताएकी थिइन्।
 

यस्तो छ कानुन मन्त्री सोविता गौतमको सम्बोधनको पूर्णपाठः
सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय प्रतिनिधि सभामा माननीय डोलप्रसाद अर्यालज्यूलाई सभामुख पदका लागि माननीय रवि लामिछानेले प्रस्तुत गर्नुभएको प्रस्तावको समर्थकको रूपमा उभिदा म गौरव र जिम्मेवारी दुवैको गहिरो अनुभूति गरिरहेको छु ।
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्माननीय सभामुख महोदय,
सर्वप्रथम, म आज यस गरिमामय संसदमा उभिँदा केवल एक प्रतिनिधि मात्र होइन, चितवन क्षेत्र नम्बर ३ को त्यो माटोको स्वर बनेर उभिएको छु जहाँ माडीको हनुमान झुलादेखि भरतपुरको पारसबसपार्कसम्म,
गोलाघाटदेखि शिवघाटसम्म,
प्रकृतिले आफ्ना अनुपम छटाहरू छरिएको छ।
तर, सम्माननीय सभामुख महोदय,
त्यही सुन्दर प्रकृतिको काखमा एउटा गहिरो पीडा पनि लुकेको छ।
त्यो सौन्दर्यभित्र संघर्ष छ, त्यो हरियालीभित्र अभाव पनि छ,

Ncell
Extreme Energy

म आज ती मानिसहरूको प्रतिनिधित्व गर्दै उभिएको छु
जो इमान्दार छन्, कर्मठ छन्,
जो आफ्नै पसिनाले धरतीलाई उर्वर बनाउँछन्, अन्न उब्जाउँछन्,
तर मल, बिउ र सिँचाइजस्ता सामान्य आवश्यकताबाट वञ्चित भएर
निराशा र पीडासँग जुधिरहेका छन्।
म ती आवाजहरूको प्रतिनिधित्व गर्छु !
जसले वर्षौंसम्म लालपुर्जाको नाममा गरिएको राजनीतिका कारण
आफ्नै भूमिमा पनि भूमिहीन बन्नुपरेको छ,
जसले एकमुठी माटोको अधिकारका लागि जीवनभर याचना गर्नुपरेको छ।
म त्यहीँका मानिसहरूको प्रतिनिधित्व गर्छु।
जहाँ मानिस र जनावरबीचको द्वन्द्वमा मानिसको जीवन जोखिममा छ,
जहाँ मानिसहरूले अझै पनि “हामीलाई केही होइन,
केवल मानिस भएर बाँच्न देऊ” भनेर याचना गरिरहेका छन्।
 

सभामुख महोदय, 
यी चितवन–३ का प्रतिनिधिमूलक समस्याहरू देशकै समस्याहरू हुन्। माननीय सदस्यहरूले जनताले दैनिक रूपमा भोगिरहेका यी तथा यस्तै समस्याहरू उठाउँदा, सम्माननीयको आसनबाट समाधानको संसदको तर्फबाट कानुन निर्माण गरेर र सरकारको तर्फबाट कानुन कार्यान्वयन गरेर सहजीकरण गर्नुहुनेछ भन्ने  अपेक्षा गरेको छु।

जनताको दैनिक जीवनका समस्याहरू उठाउने सांसदहरूलाई सम्माननीयज्यूले प्रोत्साहन गरि सरकारलाई सदन मार्फत यी आवाजहरू सुनाउन  पहल गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।

सभामुख महोदय 
यसपटक २०८२ को निर्वाचनले यो संसदको स्वरूप मात्र परिवर्तन गरेको छैन, यसले देशको मनोविज्ञान नै बदलिएको सन्देश दिएको छ।
धेरै नयाँ अनुहारहरू यस संसदमा प्रवेश गरेका छन्, तर यी अनुहारहरू परिवर्तनको आकांक्षा बोकेर आएका जनमतका प्रतिबिम्ब हुन्।

यो निर्वाचनले स्पष्ट भनेको छ !
नेपाल अब यथास्थितिमा बस्न तयार छैन।
नेपाल अब तदर्थवादको चक्रमा अल्झिरहन चाहँदैन।
नेपाल अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ परिणामको खोजीमा छ।
त्यसैले, सम्माननीय सभामुख महोदय,
यो संसद अब प्रतिनिधिहरूको सभा मात्र होइन,
यो परिवर्तनको अपेक्षा, भरोसा र प्रतिज्ञाको पनि बनेको छ।
जब म यस रोष्ट्रमबाट चारैतिर आँखा डुलाउँछु,
म केवल सांसदहरूको अनुहार देखिरहेको छैन । 
म ती अनुहारभित्र  कठिन भूगोलका कथा देखिरहेके छु !
पीडा देखिरहेके संघर्ष देखिरहेको, र नेपालको आशाको उज्यालो पनि देख्छु।
हिमालको भोटदेखि तराईका फाँटसम्म फैलिएका आवाजहरूयो संसदमा छ ,
नेपाल र नेपालीका दुख्ख र सम्भावना एकै यात्रामा सँगसँगै हिँडिरहेका छन्।
र म यस संसदमा यस्ता प्रतिनिधिहरूलाई देखिरहेको छु ।
जो पद भन्दा बढी 
जो प्रतिज्ञा लिएर आउनु भएको छ । 

सभामुख महोदय

त्यसकारण, सम्माननीय सभामुख महोदय, यसपटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छस यो संसद जनताको मुद्दामा केन्द्रित, समाधान उन्मुख र स्पष्ट रूपमा परिणाममुखी बन्नैपर्छ। यहाँ नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति छ, जसले मिलेर संसदलाई अझ परिपक्व बनाउन सक्छ। तर हामीले बुझ्नैपर्छ कि लोकतन्त्र केवल भाषण र बहसले होइन, परिणामले बलियो हुन्छ। स्वस्थ बहस आवश्यक छ, तर बहस केवल बहसमै सीमित रह्यो भने यसले जनताको विश्वास कमजोर बनाउँछ। त्यसैले यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्छ, ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्न सकोस्।

सम्माननीय सभामुख महोदय,
माननीय डोलप्रसाद अर्यालज्यू निर्विरोध रूपमा निर्वाचित हुनु आफैमा यस सदनको सामूहिक विश्वासको स्पष्ट अभिव्यक्ति हो। यो केवल निर्वाचनको परिणाम होइन, यो सदनले तपाईंमाथि राखेको भरोसाको घोषणापत्र हो।

अब त्यो विश्वासलाई संस्थागत गर्ने, संसदलाई गरिमामय, निष्पक्ष र प्रभावकारी बनाउने जिम्मेवारी तपाईंको काँधमा आएको छ। म विश्वास गर्दछु कि तपाईंको नेतृत्वमा यो संसद बहसको सशक्त मञ्च बन्नेछ, जहाँ जनताको मुद्दा केन्द्रमा रहनेछ, बहस तथ्यमा आधारित हुनेछ र त्यही बहसबाट स्पष्ट नीतिगत निष्कर्ष निस्कनेछ, जसले सरकारलाई सही दिशामा मार्गनिर्देशन गर्नेछ।

सम्माननीय सभामुख महोदय, संविधान जारी भएको वर्षौं बितिसक्दा पनि अझै धेरै कानुनहरू निर्माण हुन बाँकी छन्। कानुनी आधारको अभावकै कारण जनताले पाउनुपर्ने सेवा सहज रूपमा प्राप्त गर्न सकेका छैनन्, र यो केवल प्रशासनिक कमजोरी मात्र होइन, विगतका संसदहरूको अपूर्ण दायित्वको परिणाम पनि हो।

त्यसैले यसपटकको संसदको स्पष्ट जिम्मेवारी छ(कानुनी रिक्तता अन्त्य गर्ने, शासनलाई प्रभावकारी बनाउने र सरकारलाई जवाफदेहिताको कसीमा राख्ने। अब ढिलाइको संस्कार तोड्नैपर्छ, निर्णय गर्ने साहस देखाउनैपर्छ र काम गर्ने संसदको पहिचान स्थापित गर्नैपर्छ। र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले म सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रियालाई तीव्रता दिने दृढ प्रतिबद्धता व्यक्त गर्दछु।

सम्माननीय सभामुख महोदय, यसपटकको संसद केवल दलहरूबीचको प्रतिस्पर्धाको मञ्च मात्र होइन, यो हाम्रो पुस्तामाथि आएको ऐतिहासिक जिम्मेवारीको परीक्षा हो। हामीले आउने पुस्ताको भविष्य सुरक्षित गर्न सक्छौँ कि सक्दैनौँ, हामीले नेपालको मार्गदर्शन सही दिशामा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुराको निर्णय यहीँबाट हुनेछ। यदि हामी यस क्षणमा चुक्यौँ भने इतिहासले हामीलाई माफ गर्ने छैन।

यदि हामी जनताको मुद्दाबाट टाढा भयौँ, यदि तथ्यभन्दा भावनामा अल्झियौँ, यदि अनावश्यक विवादमा समय खेर फाल्यौँ भने यो संसद आशाको प्रतीक बन्ने छैन, बरु निराशाको उदाहरण बन्नेछ। त्यसैले, सम्माननीय सभामुख महोदय, हाम्रो बोली संयमित हुनुपर्छ, हाम्रो व्यवहार मर्यादित हुनुपर्छ, हाम्रो बहस तथ्यमा आधारित हुनुपर्छ र हाम्रो लक्ष्य स्पष्ट हुनुपर्छ,जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने। किनकि संसद केवल बोल्ने थलो होइन, निर्णय गरेर देशको दिशा निर्धारण गर्ने जिम्मेवार संस्था हो, र हामी सबैले यस जिम्मेवारीलाई पूर्ण गम्भीरताका साथ निर्वाह गर्नैपर्छ।

अन्त्यमा माननीय डोलप्रसाद अर्यालज्यूलाई सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु र उहाँको उम्मेदवारीलाई पूर्ण समर्थन गर्दै उहाँको नेतृत्वमा यो संसद अझ प्रभावकारी मर्यादित र जन उत्तरदायी बन्नेछ भन्नेमा विश्वास व्यक्त गर्दछु धन्यवाद १

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

बाँझो र उपयोगविहिन जमिनलाई कृषि उत्पादनसँग जोड्दै, ४ स्थानीय तहमा मन्त्रालयले दियो भूमि बैंकको स्वीकृति

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा...
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।