नेभिगेशन
समाज

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए यी नम्बरमा फोन गर्न सकिने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयबाट प्रवाह हुने सेवाबारे गुनासो राख्न सक्ने व्यवस्था गरेको छ । मन्त्रालयले स्थापना गरेको ‘गुनासो व्यवस्थापन केन्द्रमा’ मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा गुनासो राख्न सकिने छ । 

उक्त केन्द्रको व्यवस्थापनको लागि उपसचिवको नेतृत्वमा अन्य कर्मचारी समेत समेत रहनेछन् । उनीहरुले आएका गुनासाहरुको संकलन र वर्गिकरण गरी सम्बिन्धित पदाधिकारीबाट सम्बोधन गर्ने व्यवस्था मिलाईएको मन्त्रालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त गुनासो व्यवस्थापन केन्द्रको नेतृत्व उपसचिव विवेक घिमिरेले गर्नेछन् । त्यस्तै शाखा अधिकृत लोकबहादुर लामा र नापव सुब्बा नवराज पराजुली पनि केन्द्रमा रहनेछन् । मन्त्रालयले उनीहरुलाई सम्पर्क गर्नका लागि नम्बर पनि सार्वजनिक गरेको छ । मन्त्रालयसँग सम्बन्धित विषयमा कुनै गुनासो भएको ९८५११०२०८६, ९८५१२७७२११ र ९८५१२७७२१० नम्बरमा सम्पर्क गर्न सकिने छ । ९८५१२७७२११ र ९८५१२७७२१० नम्बरमा ह्वाट्एप र भाइबर पनि उपलब्ध रहेका छन् । 

Ncell
Extreme Energy

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा प्रतिभा रावल छिन् । उनले कार्यभार सम्हालेपछि देशभर प्रमुख प्रशासकीय प्रमुख विहन रहेका ८० बढी स्थानीय तहमा कर्मचारी खटाएकी छिन् । पदभार सम्हालेलगत्तै स्थानीय तहमा कर्मचारीको पदपुर्तिका लागि तदारुकता देखाएकी हुन् । 

45bbf164-80bf-4e67-a4c8-d95329dc1931-1775391552.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
यस्तो रहनेछ दसैंमा मौसम

यस्तो रहनेछ दसैंमा मौसम

लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।