नेभिगेशन
समाज

आजदेखि प्रतिनिधिसभा बैठक सभामुख अर्यालले चलानउने, ३ अध्यादेश पेस हुने

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दै छ । सोमबार दिनको १ बजे बस्ने प्रतिनिधिसभाको बैठक नवनिर्वाचित प्रतिनिधिसभा सभामुख डीपी अर्यालले सञ्चालन गर्ने भएका छन् ।

यसअघि जेष्ठ सदस्यका आधारमा कांग्रेस सांसद अर्जुन नरसिंह केसीले संसद बैठक सञ्चालन गर्दै आएकोमा आजदेखि भने सभामुख डीपी अर्यालले बैठक सञ्चालन गर्ने भएका हुन्। प्रतिनिधिसभाको बैठक । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुदन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

Ncell
Extreme Energy

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८० र ०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । त्यसै गरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दै छ । सो बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
यस्तो रहनेछ दसैंमा मौसम

यस्तो रहनेछ दसैंमा मौसम

लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।