नेभिगेशन
समाज

खटाइएको स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको निर्णयबमोजिम रमाना भएर पनि तोकिएको कार्यालयमा नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । 

मन्त्रालयले आज सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नियमित उपस्थित नभएको, कर्मचारीहरु समयमै कार्यालयमा हाजिर नभएको र सेवा प्रवाहमा गम्भीर असर परेको उल्लेख गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएका कर्मचारीहरू कार्यालयमा नियमित उपस्थित भई कामकाज गर्न तथा हाजिर भईनसकेका कर्मचारी यथाशीघ्र सम्बन्धित स्थानीय तहमा हाजिर हुन जानकारी गराएको छ । 

Ncell
Extreme Energy

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘निर्णय बमोजिम रमाना भई नगएमा र स्थानीय तहको सेवा प्रवाह प्रभावित भएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ।’ 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा मन्त्री प्रतिभा रावल आएपछि प्रमु्ख प्रशासकीय अधिकृतबिहिन ८० बढी स्थानीय तहमा कर्मचारी परिचालन गरिएको थियो । तर केही स्थानीय तहमा खटाइएका कर्मचारीहरु अझै पुगेका छैनन् । जसका कारण स्थानीय निकायको कामकारबाही चल्न सकेको छैन । 

मन्त्रालयले मन्त्रालयसँग सम्बन्धित विषयमा कुनै गुनासो भए राख्नका लागि गुनासो व्यवस्थापन केन्द्रको समेत स्थापना गरेको छ । गुनासो व्यवस्थापन केन्द्रमा गुनासोको संख्या बढेपछि मन्त्रालयले सूचना जारी गर्दै कर्मचारीलाई तोकिएको कार्यालयमा हाजिर हुन र अटेर गर्ने कारबाही गर्ने चेतावनीसहितको सूचना निकालेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।